टिकटकका सीईओले किन दिए तीन महिनामै राजीनामा ?


काठमाडौँ । चिनियाँ स्वामित्वमा रहेको एकदमै प्रचलीत सर्ट भिडिओ एप टिकटकका प्रमख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन्।

एनबिसीन्युजका अनुसार पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले जनाएका छन्।

मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको सिइओ बनेका थिए।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय संसारभर युवा पुस्तामा लोकप्रिय भएको छ।

अमेरिका पनि यसको लोकप्रियता बढ्दो छ। लोकप्रियता बढेसँगै टिकटक अमेरिका र चीनबीचको राजनीतिक मुद्दा बनेको छ।

उनले अमेरिकी कम्पनीहरूलाई टिकटकसँग कारोबार नगर्न ४५ दिने अल्टिमेटम दिएर कार्यकारी आदेशमा हस्ताक्षरसमेत गरिसकेका छन्। टिकटकले ९० दिनभित्र अमेरिकी कम्पनीलाई स्वामित्व हस्तान्तरण नगरे प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा छ।

अमेरिका, क्यानडा, न्युजिल्याण्ड र अष्ट्रेलियामा चलाउन माइक्रोसफ्ट र ओराकल कम्पनी टिकटकको स्वामित्व किन्न चाहन्छन्। तर अहिलेसम्म उनीहरूबीच सम्झौता भइसकेको छैन।

सम्बन्धित पोष्टहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *