राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न


काठमाडौँ । ग्रिन कमाण्डो अर्थ (जिसीई) द्वारा आयोजित राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । ४ प्रतियोगी बिच भएको प्रतिस्पर्धाको सञ्चालन बर्षा राउत र आदर्श खतिवडाले ले गरेका थिए ।

वातावरणणीय एवम् आर्थिक पक्षलाई विषयवस्तु बनाएर आयोजना गरिएको वादविवाद फाईनल प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो।

पहिलो चरणको “निजगढ विमानस्थल : बिकास कि विनास” भन्ने बिषयमा भएको प्रतियोगिताबाट आफ्ना गहकिला र दमदार तर्क तथा प्रस्तुति देखाउँदै समृद्धि देव र शुभेच्छा अर्याल अर्को चरणमा पुगेका थिए।

त्यस्तै आर्थिक तथा अहिलेको जल्दोबल्दो बिषय “विद्दुतिय गाडिमा करस् आर्थिक संकटको बेलाको आवश्यकता कि वैकल्पिक उर्जाको प्रवर्दनमा एउटा उल्टो कदम” भन्ने बिषयमा दोस्रो चरण सम्पन्न भएको थियो।प्रतियोगीहरूको कडा प्रतिस्पर्धा बिचमा फाइनलको ४ जनाहरू मध्ये दुई चरण पार गर्दै समृद्धि देव राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको बिजेता बन्न सफल भएकी छिन्।

हौसला स्वरूप आयोज कमिटिले प्रथम हुनुभएको प्रतियोगिलाई रू २००० नगद सहित प्रमाणपत्र , द्वितीय हुनु भएको लाई
रू १२०० नगद सहित प्रमाणपत्र साथै अन्य दुई फाईनलिस्ट तथा सेसन बिजेताहरूलाई २०० को खल्ती कुपन साथै प्रमाणपत्र तथा जि।सि।ई। सँग मिलेर काम गर्ने अबसर प्रदान गरिने कुरा आयोक कमिटिले निर्णय गरेको कुरा आशिस लामिछानेले बताएका थिए।

कार्यक्रममा निर्णायकको भूमिका रहनुभएका शुनिल मानन्धर (पूर्व बन तथा वातावरण मन्त्री) र प्रमिशा थपलिया (कृषि तथा जलवायु परिवर्तन अभियान्ता) ले बिजेतालाई लाई आगामी दिनको लागि शुभकामना तथा प्रतिस्पर्धा बाट बाहिरिएका लाई पनि असफलता नै सफलताको सुचक सम्झदै अगाडि बढ्न हौसला प्रदान गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सेवा नेपालको अध्यक्ष कल्याणी शाहा हुनुहुन्थ्यो भने बिशेष अतिथिका रूपमा गणेश शाहा (पूर्व बन मन्त्री )  हुनुहुन्थ्यो ।

शाथै मन्तव्यको क्रममा पूर्व मन्त्री शाहाले युवाहरूले आफुसँग भएको ज्ञानलाई व्यबहारमा परिणत गर्दै लैजानुपर्ने र वातावरण सम्बन्धि चुनौती र समस्यालाई ध्यानमा राखेर युवाहरूलाई अगाडि बढ्न आग्रह गर्नुभयो।

करिब १०० जना को उपस्थितिमा जुम मार्फत संचालन गरिएको यस कार्यक्रमको समापन कार्यक्रमका सभापति जिसीई का प्रोजेक्ट हेड तथा संस्थापक अध्यक्ष आशिष लामीछाने ज्यूले यो केहि क्षणको मात्र प्रतिस्पर्धा रहेकोले यसलाई जीवनको प्रतिस्पर्धा नसम्झन र आगामी दिनमा पनि हजुरहरूको प्रतिभालाई प्रष्फुटन गर्दै जानुस् भन्ने सल्लाहा दिदै कार्यक्रमको समापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *