समाचार

कामपा प्रमुख शाक्यलाई कोरोना सङ्क्रमण

काठमाडौंँ । काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख शाक्यको सचिवालयका अनुसार उहाँको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो । हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहनुभएको छ । उहाँमा कोभिड –१९ का कुनै लक्षण नदेखिएको कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । उहाँको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । उहाँकी

कर्णालीमा थपिए भेन्टिलेटर र आइसियू

कर्णाली । कोभिड –१९ का सङ्क्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष र भेन्टिलेटर बाँकी जिल्लामा पनि विस्तार गरिएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०, दैलेख, हुम्ला र कालीकोटमा पाँचपाँच, रुकुम९पश्चिम०को चौरजहारीमा चार तथा मुगु, हुम्ला, सल्यान

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।

सङ्क्रमित महिला सम्पर्कविहीन

त्रिशूली । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरुले काठमाडाँैमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार

प्राविधिक तालीम खारेजको निर्णय दुःखद् : नेविसङ्घ

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय दुःखद् भएको बताएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी सीटीइभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी सिएमए, एएनएम, ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसइई स्तरका १८ महिने स्वास्थ्य तालीम खारेज गर्ने सरकारको निर्णय गलत भएको बताउनुभएको हो । “प्राविधिक शिक्षासम्बन्धी भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित

काँग्रेसद्धारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसले कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरामा पुरिएर १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नाग्मामा आइतबार दिउँसो गएको पहिरामा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका थिए । काँग्रेसले आज एक प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा जीवन गुमाउनुभएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको

प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

गण्डकी । सामाजिक क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले परियोजनाको तेस्रो चरणअन्तर्गत त्यसको रोकथाम र नियन्त्रणमा पूर्ण सावधानी अपनाउन ती सामग्री प्रदान गरेको हो । संस्थाका तर्फबाट ल्गोभ्स, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन ९५ मास्क गरी कूल रु एक लाख दुई हजार ४१० बराबरको सामग्री प्रहरी उपरीक्षक

सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । आइतबार सङ्क्रमित फेला पर्नेमा कैलाली, कञ्चनपुर, अछाम, डोटी दार्चुला र बझाङ जिल्लाका छन् । यो सँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार

धनगढीमा मोबाइलका ब्याट्री र डिस्प्ले बरामद

धनगढी । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै रु तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ । धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी रु दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । बरामद गरिएका ब्याट्री र डिस्प्ले आवश्यक कारवाहीका लागि आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको

मनाङको स्याउ विश्व बजारमा

मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ । हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित खेतीयोग्य जमिन