समाचार

एटिएम प्रयोगमा कुनै पनि शुल्क नलिनू : नेराबैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो । यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको

बलात्कार अभियोगमा चार पक्राउ

गोदावरी । कैलाली, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । उहाँले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताउनुभयो । १५ ट्रयाक्टर नियन्त्रणमा कैलालीमा अवैध रुपमा ढुङ्गा, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन

प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४।३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका सङ्क्रमितको मृत्यु भएको

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

काठमाडौँ । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् । अन्तरराष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ । कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको

सैनिकद्वारा आत्महत्या

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो । उक्त घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जङ्गी अड्डाले जनाएको छ ।

राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न

काठमाडौँ । ग्रिन कमाण्डो अर्थ (जिसीई) द्वारा आयोजित राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । ४ प्रतियोगी बिच भएको प्रतिस्पर्धाको सञ्चालन बर्षा राउत र आदर्श खतिवडाले ले गरेका थिए । वातावरणणीय एवम् आर्थिक पक्षलाई विषयवस्तु बनाएर आयोजना गरिएको वादविवाद फाईनल प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको “निजगढ विमानस्थल : बिकास कि विनास” भन्ने बिषयमा भएको प्रतियोगिताबाट आफ्ना गहकिला र दमदार तर्क तथा प्रस्तुति देखाउँदै समृद्धि देव

सन्दीपको दुई विकेटपछि जमैकालाई राहत

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उहाँ आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो । शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो । लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि

एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु

स्याङ्जा । वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेको प्रहरीले जनाएको छ । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट

सुनकोशीमा पहिराले पुरियो चार घर

सिन्धुपाल्चोक । आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिराले चार घर पुरेको छ । पहिराले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिराले पुरेको छ । पहिराले घरमा रहेको अन्नपात पुरेको तथा हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीयवासी रेशम बोहोराले जानकारी दिनुभयो । केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरामा

पाँचथर अस्पतालमा आइसियु र भेन्टिलेटर जडानका लागि दुई करोड बजेट

पाँचथर । फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अस्पतालमा १० शय्याको आइसियु तथा पाँच भेन्टिलेटर जडानका लागि बजेट विनियोजन भएको हो । पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सेवाग्राही लाभान्वित हुने गरी अस्पतालको स्तरोन्नति र