अभिकर्ताको एजेन्सी कोडबाट रकम गायब, बीमा समितिमा उजुरी


काठमाडौं । बीमा कम्पनीको एजेन्सी कोडबाट रकम गायब हुन थालेका छन् । एक इन्स्योरेन्स कम्पनीमा कार्यरत बुटवलका अभिकर्ताले आफ्नो एजेन्सी कोडबाट रकम नै गायब भएको गुनासो सहित बीमा समितिका उजुरी दर्ता गराएका छन् ।

बुटवलका लिला घिमिरेले गत मे १२ तारिखमा आफ्नो एजेन्सी कोड नं १२८४५३०२ मा यस वर्ष १२ लाख ७५ हजार रुपैयाँको व्यापार दर्ता गराएका थिए । जब साउनको अन्तिम साता एजेन्सी कोड पुनः अर्को व्यवसाय दर्ता गराउन खोजे पहिलेको रकम भेट्टाएनन् । त्यसपछि उनले एजेन्सी कोडबाट रकम हराएको पत्तो पाए । एजेन्सी कोडबाट रकम हराएपछि घिमिरेले आफूले काम गर्ने उक्त इन्स्योरेन्समा बुझे उनको रकम फिर्ता आएन ।

अभिकर्ता घिमिरले नयाँ रहस्य पत्ता लगाए । उनले ९ वर्षअघि जीवन बीमा गराउने नारायण दत्त पाण्डेले उनको नाममा पुरानो अभिकर्ता कोड बनाएर कम्पनीमा सम्पर्क गरी आफ्नो कोडमा रकम सारेका रहेछन् । सो रकम आफ्नै सक्रिय भएको कोडमा सार्न पटक पटक माग गर्दा समेत नभएपछि घिमिरेले बीमा समितिमा उजुरी दर्ता गरेका हुन् । पीडित घिमिरे सहित उनलाई अभिकर्ता बनाउन भूमिका निर्वाह गर्ने बिना बेल्बासेले समेत बीमा समितिमा उजुरी दर्ता गराएकी छिन् । सो सम्बन्धमा बीमा समितिले छलफल तथा निर्णय गर्न बाँकी छ ।

किन गरियो यस्तो खेल?

नारायण दत्त पाण्डे बुटवलका पुराना बीमा अभिकर्ता एजेन्सी हुन् । उनले आफू मात्रै नभएर आफ्ना श्रीमतीलाई समेत एजेन्सी बनाएर चिनेजानेका अभिकर्तालाई श्रीमती लक्ष्मी पाण्डेको तल राखेर माथिल्लो लेयरमा रहे बापत पाउने कमिशन लिने धन्दा चलाउँदै आएको पाइएको छ । यसै क्रममा उनले पहिले बीमा गराई बीमा शुल्क तिर्न नसकेपछि घिमिरेलाई अभिकर्ता बनाईदिन्छु भन्दै अभिकर्ताको लागि आवेदन दिन लगाएका थिए । घिमिरेले आवेदन त दिए तर अभिकर्ताको लाईसेन्स लिनै आएनन् अर्थात छोडे । उनको एजेन्सी कोड आइसकेको थियो । तर व्यवसाय नभएकोले सक्रिय भएको थिएन । अहिले जब उनी पुनः अभिकर्ता बनेर व्यवसाय गरी कोडमा रकम जम्मा गरे, एजेन्सी म्यानेजर नारायण दत्त पाण्डेमा लोभ पलायो र घिमिरेको नयाँ एजेन्सी कोडबाट पुरानो एजेन्सी कोडमा रकम सारेर आफूले पाउने कमिशन बुझे ।
पाण्डेको उक्त कार्यले घिमिरेलाई अहिले अभिकर्ता बनाई सक्रिय बनाउने बिना बेल्बासेलाई अप्ठेरो पर्यो । उनले पाउने कमिशन लक्ष्मी पाण्डेको खातामा गयो । लक्ष्मी पाण्डेले कमिशन बापतको रकम बुझिसकेकोले नयाँ कोडमा रकम फर्काउँदा पुनः बेल्बासेलाई कमिशन दिनुपर्ने अप्ठेरोमा कम्पनी छ । बीमा अभिकर्ता घिमिरेले भने आफूलाई थाहै नदिई कम्पनीले आफ्नो कोडबाट अबैध रुपमा रकम सारेको आरोप लगाएका छन् ।

सो सम्बन्धमा बीमा समितिमा उजुरी परेपछि बीमा समितिको उजुरी शाखा प्रमुख विरोध भट्टसहितको सरुवा भएकोले अब नयाँ टिमले सो उजुरीमाथि छानविन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *