समाचार

गण्डकीमा थपिए ४० सङ्क्रमित

गण्डकी । गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमति थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । त्यसैगरी तनहुँमा

कोरोना सङ्क्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

बुटवल । बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको ती अस्पतालले जनाएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण

धरहरा छेउमा पर्खाल भत्किँदा चालक घाइते

काठमाडौँ । काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । अन्य मानवीय क्षति भने भएको छैन ।

कोरोना सङ्क्रमितको मृत्युः भक्तपुरमा १० मृतक

भक्तपुर । मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । ती महिलालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मृतक महिलाका श्रीमान्सहित परिवारका अन्य दुई

धरहरा छेउमा पर्खाल भत्किँदा चालक घाइते

काठमाडौँ । काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । अन्य मानवीय क्षति भने भएको छैन ।

करेन्ट लागेर मृत्यु

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–१ रुपौलियामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही स्थानका ५२ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि चिसापानी अस्पताल बर्दघाट ल्याउने क्रममा बाटामै मृत्यु भएको वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो ।

अभिकर्ताको एजेन्सी कोडबाट रकम गायब, बीमा समितिमा उजुरी

काठमाडौं । बीमा कम्पनीको एजेन्सी कोडबाट रकम गायब हुन थालेका छन् । एक इन्स्योरेन्स कम्पनीमा कार्यरत बुटवलका अभिकर्ताले आफ्नो एजेन्सी कोडबाट रकम नै गायब भएको गुनासो सहित बीमा समितिका उजुरी दर्ता गराएका छन् । बुटवलका लिला घिमिरेले गत मे १२ तारिखमा आफ्नो एजेन्सी कोड नं १२८४५३०२ मा यस वर्ष १२ लाख ७५ हजार रुपैयाँको व्यापार दर्ता गराएका थिए । जब साउनको अन्तिम साता एजेन्सी कोड पुनः अर्को व्यवसाय दर्ता गराउन

बञ्चरो प्रहार गरी बुहारीको हत्या

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

दमौली । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो । विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका त्यस्ता

७ सयले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति ?

काठमाडौं( सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ५ सय रूपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो र दोस्रो दिन बढेको सुनको मूल्य पुनः घट्न थालेको हो। त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बिहीबारका लागि