समाचार

डाक्टर रुइतलाई सर्वोच्च मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ प्रदान गरिने

काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको हो । उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् । यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ ।

असोज ५ देखि आन्तरिक उडान सुरू हुने, यात्रुका लागि नयाँ नियम

काठमाडौँ । नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ। विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ। सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ। अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले

आइपीएल आजबाट सुरु उद्धघाटन खेलमा मुम्वई र चेन्नाई बिच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आइपिएल० को तेह्रौँ संस्करण आजबाट युएइमा सुरु हुँदै छ । कोरोना महामारीले गर्दा भारतमा खेल खेलाउन सम्भव नभएपछि भारत क्रिकेटको सर्वोच्व निकाय वीसीसिआईले युएइमा खेल खेलाउने निर्णय गरेको हो । युएइ स्थित नेपाली समयअनुसार बेलुकी ७। ४५ देखि खेल सुरु हुँदै छ । आइपिएलमा सर्वाधिक सफल यी दुई टीम फे्रन्चाइज टोली मुम्वई इन्डियन्स र चेन्नाई सुपर किग्सं बिच प्रतिस्पर्धा हुन लागेको हो । हालसम्म मुम्वई

आइपिएलः बलमा थुक लगाए ५ रन पेनाल्टी, यस्ता छन् अरू नियम

काठमाडौँ । भोलिदेखि विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग ९आइपिएल०को तेह्रौं सँस्करण सुरु हुँदैछ। उक्त प्रतियोगिता संयुक्त अरब इमिरेट्स ९युएई० का तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुँदैछ। आइपिएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स तथा चेन्नाई सुपर किंग्सले एक अर्काको सामना गर्नेछ। खेल अबुधाबीमा नेपाली समयअनुसार बेलुका ७ः४५ मा हुनेछ। कोरोना भाइरसका कारण यस पटकको आइपिएल अलिक फरक खालको हुनेछ। यसपटकको आइपिएलमा भने कुनै दर्शकको उपस्थिति हुनेछैन। आइपिएलको

ठेकदारको बदमासीले मल आएन, कोरोना त बाहाना होः कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकदारहरुको बदमासी नै रसायनिक मल अभावको मुख्य कारण भएको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री भुसालले यस्तो धारणा राखेका हुन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए । ‘कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित हुँदैन,’ मन्त्री

राष्ट्रपतिद्वारा २८९ जनाको कैद माफ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गर्नुभएको हो । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ तथा फौजदारी कसूर ९कैद कट्टा० नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी

कानुनअनुसार कुलमान घिसिङको पुनर्नियुक्ति गर्न मिल्दैनः मन्त्री ज्ञवाली

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन्। शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक नभएको बताए। मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उनको भनाइ छ। ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन’

अहिलेसम्मकै धेरै २ हजार २० जनामा देखियो कोरोना, कुन ठाउँमा कति ?

काठमाडौं । अद्यावधिक विवरण अनुसार शुक्रबार नेपालमा अहिलेसम्मकै धेरै २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । बिहिबार मात्रै देशभर १२४६ जनामा कोरोना संक्रमण

बामदेव उपप्रधानमन्त्री बन्छन् कि बन्दैनन ? यस्तो छ संबैधानीक ब्यबस्था

राष्ट्रिय सभा सदस्य भएका गौतमको अब उपप्रधानमन्त्री बन्ने ईच्छा छ । तर, उनी उपप्रधानमन्त्री बन्न संविधानले रोक्छ कि रोक्दैन भन्ने विषय पनि बहसमा छ । प्रतिनिधिसभाको निर्वाचन हारेको व्यक्ति त्यस प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री बन्न नपाउने प्रावधान संविधानमा छ । तर, यो व्यवस्था सांसद नभइकन मन्त्री बन्नसँग मात्रै सम्बन्धित रहेको तर्क गरिन्छ । संविधानको धारा ७८ अनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न सक्छन् । तर, ६ महिनाभित्र संघीय संसद सदस्य

नेपालीका सम्धी बने जापानका नयाँ प्रधानमन्त्री

काठमाडौं । जापानले नयाँ प्रधानमन्त्री पाएको छ । योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई जापानको संसद्ले प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले उनलाई आफ्नो नेता चयन गरेसँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो । बुधबार भएको मतदानमा ७१ वर्षीय सुगाले जित हासिल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिका लोकप्रिय प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा