आइपिएल: बिराटको बेंगलोरको लजास्पद हार, पंजावको जितमा राहुलको शतकीय पारी


काठमाडौं । इन्डियन प्रिमियर लिग ९आइपिएल० को तेह्रौँ संस्करण युएइमा जारी छ । कोरोना महामारीले गर्दा भारतमा खेल खेलाउन सम्भव नभएपछि भारत क्रिकेटको सर्वोच्व निकाय वीसीसिआईले युएइमा खेल खेलाउने निर्णय गरेको हो ।

आज भएको छैटौं खेलमा किंग्स इलाभेन पंजावले विराट कोहलीको रोयल च्यालेंजर्स बेंगलोरलाई ९७ रनले पराजित गरेको छ। टस हारेर ब्याटिंगको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै २०६ रनको बिशाल योगफल तयार पार्यो ।

पंजावका लागि कप्तान केएल राहुलले कप्तानी पारी खेल्दै १३२ रनको अद्भुत ब्याटिंग गरे, उनले ६९ बल खेल्दै १४ चौका र ७ छक्का हिर्काए। २०७ रनको लक्ष्य पछ्याएको बेंगलोरले सबै विकेट गुमाउदै केवल १०९ रनमा समेटियो । ब्याटिंगको पावरहाउस भनेर चिनिने रोयलका कुनै पनि ब्याट्सम्यान पंजावका बलरसामु टिक्न सकेनन्।

खराब फर्ममा रहेका कप्तान कोहली १ रनमा वेस्ट इन्डिजका सेल्ड़ोंन कोट्रेलले पेभेलिएन फर्काए। मिस्टर ३६० एबिडी भिल्लिएर्स अघिल्लो खेलमा राम्रो प्रदर्शन गरेपनि आज २८ रन मात्र बनाउन सफल भए।फिल्डिंग पनि विराट कोहलीले खराब प्रदर्शन गरे उनले राहुलको लगातार दुइ क्याच छोडे।

भोलि सन्दिप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले धोनीको चेन्नई सुपर किंग्सको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *