आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]


काठमाडौं । सुनको मूल्य एकाएक घटेको छ । पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सुनको मूल्य घटेर हिजो तोलामा १० हजार चार सय रुपैयाँ घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

लामो समयदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेपछि मूल्य घट्न गएको महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।

पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएकाले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।को राना भा इरसको कारणले लगातार बढेको सुनको मूल्य पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *