समाचार

आईपीएलको पहिलो खेलः मुम्बईमाथि चेन्नई भारी

काठमाडौँ । इन्डियन प्रियिमर लिग ९आईपीएल० को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । अबुधाबीमा खेलिएको खेलमा टस हारेर मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनायो जवाफमा सीएसकेले १९।२ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो । ओपनिङ खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई सीएसकेले हराएको यो दोस्रो अवसर हो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ तथा क्विन्टन डिककले

संक्रमित भन्दा निको हुनेको संख्या बढी

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए । अघिल्लो दिनको भन्दा शनिबार सङ्क्रमण घटेको छ । शुक्रबार देशभर दुई हजार २० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या

यी हुन् कोरोना खोप लगाउने पहिलो नेपाली

काठमाडौं । रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले कोरोना भाइरस ९कोभिड १९० बिरुद्धको भ्याक्सिन लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो । श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष डा।बद्री केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।

नेकपाका २२ परिवार काँग्रेसमा प्रवेश

बाजुरा । जिल्लाको पुर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनको गोठी गाउँमा नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाको अखडा रहेको उक्त टोलका २२ परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार नेपाली काँग्रेस बुढीनन्दा वडा नं ८ को वडा कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सो टोलका २२ परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेग गरेको स्थानीय लालबहादुर रोकायाले जानकारी दिएका छन् । उनले

नेपाली भूभागमा चीनका भवन, नेपालीलाई लगायो रोक

काठमाडौँ । गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ। लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि

भारतीय सीमा क्षेत्रका १० वटा स्थानमा चिनियाँ सेनाको कब्जा

  नयाँदिल्ली । भारत–चीन सीमा क्षेत्रको पूर्वी ल’द्दाखस्थित वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्स ९गश्ती गर्ने क्षेत्र० मा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जा’न नदिएको खबर प्रकाशित भएको छ। भारतको अंग्रेजी पत्रिका द हिन्दूले प्रकाशित गरेको खबरमा उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय सैनिक जान नसकेको उल्लेख छ। द हिन्दूले वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गरी भारतीय सैनिकले

पानी भरिएपछि यस्तो देखियो रानीपोखरी

काठमाडौँ । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ । पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार भोलि साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका निम्ति करिब

आफ्नो पक्षमा प्र’दर्शन हुन थालेपछि कुलमानले गरे यस्तो आग्रह

काठमाण्डौ । काठमाडौका सडकमा केही दिन यता नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आ’न्दोलन भइरहेका छन् । उनलाई विद्युतमा पुन नियुक्ति गर्न माग राख्दै दवाव स्वरुप आ’न्दोलन भएका छन् । कुलमानका पक्षमा भएका आ’न्दोलनमा प्रहरीले द’मन गर्न थालेको छ । आफ्ना पक्षमा यसरी दिनहुँ सर्वसाधाण माथि प्रहरी द’मन हुन थालेपछि कुलमानले आफ्नो पक्षमा सडक आ’न्दोलन नगरि दिन आ’ग्रह गरेका छन् । आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि

रानीपोखरीमा पानी भरियो 

काठमाडौं । काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो ।

कालापानी क्षेत्रमा आवादी बढाउन भारतले पर्यटन तथा अन्य पूर्वाधार निर्माण गर्दै

काठमाडौं । नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आसपासका क्षेत्रमा आवादी बढाउन भारतले पर्यटन तथा अन्य पूर्वाधार निर्माण अगाडि बढाउने भएको छ । लद्दाख क्षेत्रमा चीनसँग सीमा विवाद कायमै रहेका बेला भारतले चीन र नेपालसँगका सीमावर्ती गाउँहरूलाई लक्ष्य गर्दै यस किसिमका आर्थिक सबलीकरणको नीति अघि सारेको हो । व्यास र कुटीलगायतका गाउँमा पर्यटन प्रवर्द्धन र अन्य पूर्वाधार विकासका कार्यक्रम सुरु गर्ने भारतको तयारी छ । त्यस क्षेत्रमा पर्यटक लक्षित गतिविधिलाई खुकुलो पार्दै लगिने