बामदेव गौतम राष्ट्रियसभा बाट फिर्ता हुने, यस्तो छ गौतमको भनाई!


काठमाण्डौ ( राष्टियशभामा भर्खरै न्युक्त भएका नेकपाका उपाध्यक्ष समेत रहेका राष्टियशभा सदस्य बामदेव गौतमको सांसद पद निल्नु न ओकल्नु जस्तै भएको छ । केहि समय पहिले राष्टिय शभामा जानको लागि सर्त राखेका गौतम पछिल्लो समय भने बिना सर्त गएका हुन्।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुर्व अर्थमन्त्रि युवराज खतिओडालाई नै पुन न्युक्ति गरि अर्थमन्त्रिमा निरन्तरता दिन चाहन्थे तर पार्टी भित्रको विवादका कारण खतिओडालाई निरन्तरता दिन सकेनन।

राष्टियशभामा गएको केहि दिनमै गौतमलाई त्यो पद निल्नु न ओकल्नु भएको छ । किन भने राष्टियशभामा गएर प्रधानमन्त्रि बन्ने सपना बोकेका उनलाई संबैधानिक व्यवस्थाकाकारण सम्भब नभए पछि उप(प्रधानमन्त्रि सहित महत्वपूर्ण मन्त्रि बन्ने चर्चा थियो तर त्यो पनि पुरा न हुने भए पछि उनलाई त्यो पद घाँडो भएको छ ।

अजै भन्ने हो भने गौतमलाई राष्ट्रिय सभा सदस्यको थप जिम्मेवारी नदिनु भन्ने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि गौतम राष्टिय शभा पद छोड्ने मनस्थितिमा पुगेको गौतम निकट नेताहरुले बताएका छन् । तर यो कुरा गौतम आफैले भने केहि बोलेका छैनन् ।

गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयको निर्णय बदर माग गर्दै रिट दर्ता गरेका हुन् ।

त्रिपाठीले वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेको सिफ़ारिस बदर गरी नीजलाई मन्त्री तथा सांसदको रूपमा कार्य नगराउनू भनेर सर्वोच्च अदालतमा रिट दर्ता गराएको जानकारी दिए। उक्त रिटको असोज ७ गते सुनवाई हुने त्रिपाठीले उल्लेख गरेका छन्।

रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन र मन्त्रिपरिषदमा सामेल नगर्न अन्तरिम आदेश पनि माग गरिएको छ।

राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *