समाचार

पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४२, ५८ र ६८ वर्षका पुरुष र ५२ वर्षकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १ का ४२ वर्षका पुरुषको कात्तिक ७ गते साँझ ७ः४५ बजे चरक अस्पतालमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी उपचारका लागि कात्तिक ७ गते नै अस्पताल भर्ना

खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको

पौडी खेल्ने क्रममा डुबेर कैलालीमा २ बालिकाको मृत्यु

धनगढी । कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. ५ सरैयामा पौडी खेल्ने डुबेर दुई जना बालिका मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडा नगरपालिका ५ सरैया बस्ने गगन ढुंगालको छोरी वर्ष ९ की अस्मिता ढुङ्गाल र सोही ठाउँ बस्ने धनबहादुर बिष्टकाे छाेरी वर्ष ७ कि अर्चना बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट गएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकाे टाेलीले उनीहरूलाई घटनास्थल भन्दा १०० मिटर तलबाट मृत अवस्थामा फेला पारेको

धनगढीमा कोरोनाका थप १ जना संक्रमितको मृत्यु

धनगढी । धनगढीमा कोरोना संक्रमित व्यापारीको मृत्यु भएको छ । डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ । सेती प्रादेशिक अस्पतालमा उनको शनिबार मृत्यु भएको हो । निमोनियाका बिरामी रहेका भण्डारीको आईसियूमा उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

हाँसको मूल्यवृद्धि, व्यापारमा ह्रास

काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण यसपटक दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए । काठमाडौंको सुन्धारामा हाँस बिक्रीका लागि आएका वीरगन्जका बुखल साहले यसपटक हाँसको व्यापार कम भएको बताए । यस वर्ष हाँसको मूल्य पनि बढेको छ । गत

नेपालमा थप २,२२५ जनामा संक्रमण, २,८४६ कोरोनामुक्त, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमित शनिबार ६२१ जना घटेका छन् । पछिल्लो २४ घन्टामा दुर्ई हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । योसँगै लामो समयपछि सक्रिय संक्रमित घटेका हुन् । योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म

नेकपाको सत्ता उन्माद पर्सामा देखियोः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छ। नेकपाको सपथग्रहण कार्यकर्ताहरूबीच झडप हुँदा भएको एकजनाको मृत्युको जाहेरी प्रहरीले नबुझेपछि कांग्रेसले ध्यानाकर्षण गराएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। ुनेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवम् नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँछौुं, उनले भनेका छन्। नेकपाका स्थानीय दुई समूहबीच पर्सामा बिहीबार झडप

भुकम्पकाे धक्का महसुस

काठमाडौँ । शनिबार अपरान्ह दोलखालाई केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ। दोलखाको जिरी नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको धक्का दोलखा, रामेछाप, सिन्धुली, काभ्रेसहितका जिल्लामा महसुस भएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन। यसअघि भदौ ३१ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। जुन २०७२ को गोरखा भूकम्पयताकै शक्तिशालीमध्ये एक थियो।

सैनिकमञ्चमा फूलपाती बढाइँ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा शुक्रबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ । समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत् राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । समारोहमा

उपत्यकामा थप २७ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा भने ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम