राजनीति

'कालापानीबाट भारतले सेना फिर्ता लैजानुपर्छ'

काठमाडौँ । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन्।  राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदले दलीय स्वार्थमाथि उठेर राष्ट्रियता एवम सार्वभौमसत्ताको पक्षमा एकै स्थानमा उभिएर नेपाली एक मत छन् भन्ने सन्देश दिएका हुन्। सरकारले सार्थक वार्ताका माध्यमबाट भारतसँग कूटनीतिक एवम राजनीतिक पहल गरेर नेपालको भूभागमा राखिएको भारतीय

बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

१२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् । जापानका विभिन्न शहरमा

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

१७ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफमा वाम गठबन्धनले पनि आफ्नो घोषणापत्रका कांग्रेसप्रति निकै कडा रुप अपनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा

बदर मत रोक्न गोरखामा नमूना मतदान

१७ कात्तिक, गोरखा । बिहीबार गोरखा क्याम्पस गोरखामा मतदान भइरहेको थियो । मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदान गरिरहेका थिए । मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए । अति सम्वेदनशील मानिएको उक्त मतदान स्थलमा बाक्लै मात्रामा म्यादी प्रहरीसहित सुरक्षा टोली खटाइएको थियो । यस्तो दृश्य देखेर कतिपय अचम्ममा परे । तर यो मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किउन भनेर गरिएको नमूना मतदान थियो । आसन्न निर्वाचनमा

१२८ सांसदका लागि ५ सय बढी उम्मेदवार, प्रदेश सभामा ८८३

१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका १५८ सिटमा आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि विहीबार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी २५६ जना प्रदेशसभा सदस्यका लागि ८८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार विहीबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाको उम्मेदवारी परेको हो । कतिपय जिल्लामा उम्मेदवारी दर्ताको क्रम साँझसम्म जारी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने आयोगले जनाएको छ ।