शेखर, प्रकाशमान र गगनबीच समीकरण !


काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धा पक्काजस्तै छ। सभापति शेरबहादुर देउवा र उनीइतर समूह गरेर आधा दर्जन नेता सभापति पदका आकांक्षी देखिएका छन्। कति गज्जब हुन्थ्यो, कांग्रेसको नेतृत्व लिने चाहना भएका यी नेताले डेमोक्र्याटिक पार्टीको प्राइमरीमा जसरी गुटविहीन प्रतिस्पर्धा गरे।
हाम्रा दुबै मूल पार्टीका नेता भने बारम्बार भन्छन्( यो अमेरिका होइन। अमेरिकाजस्तो खोजेर हुन्छरु जनता जस्ता छन्, हामी नेता त्यस्तै छौं१

यो, नेताहरूले लाज पचाउन भन्ने कुरामात्र हो। खासमा जनताभन्दा नेताले लत्तो छाडेको देश हो नेपाल। कांग्रेस र नेकपाका नेता(कार्यकर्ताको ठूलो पंक्तिसँग संघर्ष, जेलनेल र त्यागको इतिहास छ। केही गर्छु भन्ने चाहना पनि छ। तर चाहनाले मात्र काम फच्चे कहाँ हुन्छरु ढंग चाहिन्छ।

धेरै नेताको ढंग मरू१

दुबै पार्टीका बहुत थोरैमात्र नेतासँग मुलुक हाँक्न सक्ने व्यस्थापकीय क्षमता, लगन, इमान र आत्मविश्वास छ। त्यसैले त कांग्रेस वा नेकपा जो सत्तामा गए पनि परिणाम उही आउने गरेको छ। बहुसंख्यक मन्त्रीले म के गर्दैछु, किन गर्दैछु भन्ने भेउ पाउन्नन्। इमान पनि नभएकाले त सत्तालाई भष्मै बनाएर छाड्छन्।
पार्टीका कैंयन् नेताहरूभन्दा धेरै क्षमता, लगन र कल्पनाशीलता भएको ठूलो तप्का समाजका विभिन्न क्षेत्रमा क्रियाशील छ। आफ्नो ठाउँमा उसले काम गरेको छ, क्षमता देखाएको छ, परिणाम निकालेको छ। त्यो तप्कालाई लाग्न थालेको छ( राजनीतिले समाजलाई पछाडि पार्‍यो। हाम्रो प्रगतिमा राजनीति सहयोगी होइन, बाधक बन्यो। यो असन्तोष पार्टीहरूका लागि खतराको घन्टी हो।

पार्टीका नेता(कार्यकर्ता भने यो मान्न तयार छैनन्। क्षमता नभएका मानिसले प्रायः आफूजस्तै मानिस भेट्छन्। इमान नभएकाले बेइमानकै संगत गर्छ। बेइमानसँग इमान भएको मानिस टाढिन्छ। यसरी भेडा भेडासँग, बाख्रा बाख्रासँग छुट्टिँदै जान्छ।

धेरै नेता(कार्यकर्ताले अक्सर आफूजस्तै मानिस भेट्छन्। उनीहरूको अनुहारमा आफूलाई देख्छन्। आफूमा उनीहरूलाई भेट्छन्।

अनि भन्छन्( समाज जस्तो छ, हामी त्यस्तै छौं१

त्यसैले हाम्रा प्रमुख पार्टीहरूको मूल चरित्र चाँडै सुधारिने छैन। न पार्टीभित्रका गुट र उपगुट नै हराउने छन्।

कांग्रेसको आउने पार्टी महाधिवेशनमा पनि एउटा कुरा पक्का छ( अहिले देखिएका पार्टी सभापतिका छ जना आकांक्षीमध्ये धेरै जना अन्तिमसम्म प्रतिस्पर्धामा रहने छैनन्। महाधिवेशनमा अन्ततस् सभापति देउवा र उनीइतर गुटबीच नै प्रतिस्पर्धा हुनेछ।

यो शृंखलाको भाग(१ मा म देउवाइतर समूहको अहिलेको ुडाइनामिक्सु केलाउनेछु।

भाग(२ मा देउवा समूहबाट सभापतिको उम्मेदवार उनी आफैं बन्छन् वा विमलेन्द्र निधिलाई छाड्छन् भन्ने लेख्नेछु।

देउवाले छाडेनन् भने निधिले उनलाई सघाउँछन् वा उनी पनि प्रतिस्पर्धामा उत्रिन्छन्, त्योबारे पनि लेख्नेछु।

पहिले, देउवाइतर समूहको कुरा।

यो समूहमा अहिले सभापतिका पाँच जना आकांक्षी छन्( रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर र शशांक कोइराला।

यीमध्ये आउने चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु भन्ने मन सबैभन्दा पहिले डा। शेखर कोइरालाले बनाएका हुन्। त्यसको तयारी पनि उनैले सुरू गरेका हुन्, पाँच वर्षअघि तेह्रौं महाधिवेशन सकिनेबित्तिकै।

उनलाई दुई कुराले प्रेरित गरेको देखिन्छ।

पहिलो, तेह्रौं महाधिवेशनमा उनले केन्द्रीय सदस्यमध्ये सबभन्दा धेरै भोट ल्याए। त्यसले उनलाई ुम लोकप्रिय रहेछु, कार्यकर्ताले मलाई रूचाउने रहेछन्ु भन्ने आत्मविश्वास दियो।

दोस्रो, उनले तेह्रौं महाधिवेशनमै महामन्त्री उठ्न खोजेका थिए। भाइ शशांकलाई ठाउँ छोडिदिन मनाउने धेरै प्रयत्न पनि गरे। महामन्त्रीका रूपमा पार्टी चलाउन धेरै मिहेनत गर्नु पर्ने, निरन्तर देशभरि डुल्नु पर्ने, हरदम सक्रिय रहनु पर्ने भएकाले त्यो काम तिम्रो स्वाभाव अनुसार मिल्दैन भनेर शशांकलाई सम्झाए। महामन्त्रीका रूपमा ुसानोबुवाु गिरिजाप्रसाद कोइरालाको सक्रियता सम्झाए।

सुरूमा शशांकले चुप लागेर शेखरका कुरा सुने। महाधिवेशन नजिक भएपछि एकदिन उनले भनिदिए( मैले महामन्त्रीमा उठ्ने निधो गरेँ।

शेखर पछि हटे। त्यो बेला निकटहरूसँग चित्त दुखाउँदै उनले भने, ुम बिपीको छोरा परिनँ। त्याग मैले नै गर्नुपर्‍यो।ु

शेखरका मनमा त्यो बेलादेखि नै एउटा कुरा गढेर बसेको देखिन्छ( महामन्त्रीको पाँच वर्षीय कार्यकालमा शशांकको अक्षमता बाहिर आउँछ। त्यसपछि मलाई सजिलो हुनेछ।

शेखरले राजनीति गिरिजाप्रसादबाटै सिकेका हुन्। गिरिजालाई राजनीतिमा सघाउन शेखरकी आमा नोना कोइराला पनि उनीसँगै बस्थिन्। पति केशव कोइरालाको मृत्युपछि नोनाले विराटनगरको कोइराला निवासमै बसेर नेपालको अग्रणी राजनीतिक परिवार सम्हालेकी हुन्। गिरिजाप्रसाद प्रधानमन्त्री बनेर बालुवाटार बस्दा पनि नोना सँगै बसिन्। प्रधानमन्त्री हुँदा वा नहुँदा पनि राजनीतिमा गिरिजाप्रसादको एकनासको सक्रियता शेखरले नजिकबाट देखेका थिए।

तेह्रौं महाधिवेशन सकिएलगत्तै गिरिजाको सक्रियताको पदचाप शेखरले पछ्याए। उनी मधेश, पहाड, हिमालका ७७ वटै जिल्ला घुमे। धेरै ठाउँ दोहोर्‍याएररतेहर्‍याएर पुगे। पछिल्लो पाँच वर्षमा सायदै कुनै नेता यति धेरै जिल्ला घुमेको छ, यति धेरै कार्यकर्ता भेटेको छ।

सहरमा नेताहरूबीचको मोलाहिजा छाडेर शेखर गाउँ पस्नुको कारण छ। काठमाडौंमा कांग्रेस शीर्ष नेताहरू उनलाई ुजुनियरु भन्छन्। उनी सक्रिय राजनीतिमा धेरै पछि आए। विराटनगरमा २०४८ साल देखिनै सानोबुवा गिरिजाको निर्वाचन क्षेत्रमा खटिए पनि उनी प्रत्यक्ष राजनीतिमा होमिएनन्। धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएपछि गिरिजाले त्यसको नेतृत्व गर्न शेखरलाई पठाए। उनले उपकुलपतिका रूपमा दुई कार्यकाल नेतृत्व गरे। त्यसपछि गिरिजाप्रसादले एघारौं महाधिवेशनमा आफू तेस्रो पटक सभापति निर्वाचित भएपछि उनलाई २०६२ सालमा केन्द्रीय सदस्य नियुक्त गरे।

अहिले कांग्रेसमा सभापतिका आकांक्षी सबै जना पदका हिसाबले शेखरभन्दा सिनियर छन्। देउवा, पौडेल, निधि, सिटौला, सिंह र शशांक सबैले कांग्रेसको पदाधिकारीका रूपमा काम गरिसकेका छन्। जबकि शेखर केन्द्रीय सदस्यमात्र छन्।

नेपाली कांग्रेसजस्तो ुहाइयार्कीु मान्ने ुकन्जर्भेटिभु पार्टीमा सभापतिका आकांक्षी अरू नेताले शेखरलाई प्रतिस्पर्धीका रूपमा गम्भीरतापूर्वक लिने कुरै थिएन। त्यसैले सभापतिमा बलियो प्रतिस्पर्धीको हैसियत आर्जन गर्न शेखर तेह्रौं महाधिवेशन सकिनेबित्तिकै जिल्ला घुम्न सुरू गरे। कोरोना संक्रमण सुरू भएका केही महिना पनि उनी जिल्ला दौडमा व्यस्त थिए।

पार्टी महाधिवेशनमा सभापति जिताउने नेताहरूले होइन, जिल्ला(जिल्लाबाट आउने महाधिवेशन प्रतिनिधिले हो भन्ने उनले ठाने। तल कार्यकर्तामाझ आफ्नो स्विकार्यता बढ्यो भने, माथिका नेताले आफूलाई मान्न करै लाग्छ भन्ने रणनीतिमा उनी सक्रिय रहे।

त्यो रणनीतिमा जसरी उनी पाँच वर्ष निरन्तर सक्रिय रहे, त्यसले उनलाई सभापतिको एउटा प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ।

शेखरको दाबेदारी बलियो बन्नुमा शंशाक कोइराला पनि कारक बेनेका छन्। अहिले सभापतिको दौडमा भएका कुनै पनि आकांक्षीको जति राजनीतिक सुझबुझ र सक्रियता शशांकमा हुन्थ्यो भने चौधौं महाधिवेशनमा सभापतिको कुर्सीमा कसैले आँखा लगाउन सक्थेन। बा बिपीको ुलिगेसीुमा उनको आफ्नो क्षमता मिसिँदा सभापति बन्न उनलाई देउवा वा अरू कसैले रोक्न सक्ने थिएन।

तर राष्ट्रिय राजनीतिमा आएका पछिल्ला १५ वर्ष उनले आफ्नो नाकामीमात्र प्रमाणित गरे। उनी तीन पटक सांसद निर्वाचित भइसकेका छन्। पछिल्लो पाँच वर्षदेखि पार्टीको निर्वाचित महामन्त्री छन्। तर उनी ुकहीँ छैनन्ु।

उनको उपस्थिति न संसदमा देखिन्छ, न पार्टीमा। संसदमा हुँदा पनि बिरलै बोल्छन्। जति पटक रोष्ट्रममा उभिएका छन्, पट्यार लाग्दो बोलेका छन्। पार्टीका काममा पनि बिरलै देखिन्छन्। लामो समयसम्म उनी चौधौं महाधिवेशनमा देउवाले आफूलाई छाडिदिने छन् भन्ने विश्वासमा बसे। बिरलै उनीसँग मत बझाए। जब देउवाले यसपालि पनि आफू उठ्ने निधो गरे, बल्ल उनी झस्किए।

शशांकलाई महामन्त्रीमा भोट दिएका नेता(कार्यकर्तामात्र होइन, उनीनिकट रहेर काम गरिरहेका केन्द्रीयस्तरका नेता नै ुअफ(द(रेकर्डु कुराकानीमा शशांकले पार्टी पार लगाउन नसक्ने बताउँछन्।

ुपार्टी नेतृत्व गर्नेमात्र कुरा छैन, आउने राष्ट्रिय निर्वाचनमा शक्तिशाली नेकपासँग प्रतिस्पर्धा गर्नुछ,ु शशांक नजिककै एक नेता भन्छन्, ुशशांकसँग त्यसका लागि ऊर्जा छैन। राष्ट्रिय मुद्दामा बहस गर्ने जाँगर र क्षमता छैन।ु

कांग्रेसमा कोइराला परिवारको लिगेसी मान्ने कार्यकर्ताको ठूलो पंक्ति छ। त्यही पंक्तिले अघिल्लो महाधिवेशनमा शशांकलाई सजिलै महामन्त्रीमा जिताएको हो। अहिले त्यो पंक्तिको स्वाभाविक आकर्षण शेखरतिर ढल्किँदै गएको छ।

पार्टी राजनीतिमा शेखरको एउटा ुभल्नरएबिलिटीु ९कमजोरी० भने छ। अरू नेताको जस्तो उनीसँग लामो समयदेखिको स्थायी गुट छैन। गुट भनेको उकाली(ओरालीमा नेतालाई साथ दिने नेता(कार्यकर्ताको पंक्ति हो। त्यसैले नेपाली राजनीतिमा नेताहरूले गुट बनाउँछन् अनि गुटले नेता पनि बनाउँछन्। गुटविहीन राजनीति नेपालका सन्दर्भमा कमै राजनीतिज्ञले गरेका छन्।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला र शशांकसँग सानै भए पनि आ(आफ्नो गुट छ। पार्टी या सरकारमा हुँदा उनीहरूका वरिपरि यो गुट निर्माण भएको हो।

शेखर कहिल्यै सरकारमा गएका छैनन्, पार्टीमा पनि मुख्य पदमा पुगेनन्। राष्ट्रिय राजनीतिमा ढिलो आए। यिनै कारणले उनको गुट बनेन। त्यसैले उनी सभापति बन्नै पर्छ भनेर ठूलो कार्यकर्ताको पंक्ति उनीसँग खुल्लमखुल्ला हिँडेको देखिन्न। शेखर सभापति हुने सम्भावना देखिएन भने भोलि उनीसँग कोही पनि नरहन सक्छन्।

उनीप्रतिको अहिलेको आकर्षण नै सम्भावनाको आकर्षण हो। शशांकको अक्षमताले कोइराला परिवारको अर्को सदस्यका लागि जन्मिएको सम्भावना। शेखरले पाँच वर्ष मिहेनत गरेर आफ्नै लागि जन्माएको सम्भावना। सरकारमा कहिल्यै नगएका शेखरको ुफ्रेसु नेतृत्वमा कांग्रेसका लागि भोलिको सम्भावना।

यो सम्भावनाले सबभन्दा धेरै क्षमतावान् युवाको पंक्तिलाई तानेको छ। गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङ, गुरू घिमिरेहरू र मधेसमा ठूलो पंक्ति शेखरको उम्मेदवारीप्रति आकर्षित छ।

केन्द्रमा शेखरले सहयोगको हात सबभन्दा पहिले बढाएको पनि युवाहरूसँगै हो। उनले गगन थापालाई आफूसँग मिलेर महामन्त्रीमा चुनाव लड्न धेरै अघि प्रस्ताव गरेका हुन्। कांग्रेस विधानमा अहिले सात जना सह(महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। त्यसले पनि उनलाई अरू युवासँग हात बढाउन सजिलो भयो। युवाहरूलाई पनि आफ्ना लागि ठाउँ देखेपछि उनीसँग जोडिन सजिलो भयो।

युवाहरू उनीप्रति आकर्षित हुनुको अर्को कारण पनि छ। उनले प्रष्ट भनेका छन्, एक अवधिका लागिमात्र सभापतिमा लड्ने हो।

अर्को महाधिवेशनमा गगन थापाको पुस्तालाई कांग्रेसको नेतृत्व छाडेर राजनीतिबाट विश्राम लिने शेखरले प्रष्टै भन्दै आएका छन्। एक युवा नेता भन्छन्, ुशेखरसँगै पुरानो पुस्ता बिदा हुन्छ भन्ने सम्भावनाले पनि हामीलाई उत्साही बनाएको छ।ु

शेखरको यो भनाइ र पन्ध्रौं महाधिवेशनमा गगन थापा सभापति उठ्ने सम्भावनाले कांग्रेस पार्टीभित्र अहिले नयाँ ुडाइनामिक्सु निर्माण गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *