फिचर समाचार

बाजुराको बाम्का बजारमा भीषण आगलागी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट १२ भन्दा बढी पसलहरू जलेर नष्ट भएको प्रहरीको अनुमान रहेको छ । आगलागीका कारण लाखौंको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको भए पनि के कति क्षति भयो भन्ने बारेमा यकिन

सुदूरपश्चिममा  थप ५ जनामा देखियो कोरोना, जम्मा संख्या८ पुग्यो

धनगढी: सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेहरुको परीक्षण गरिएकोमा थप ५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि  ३ जनामा कोरोना पुष्टि भएकाे थियो। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।

इण्डियन आइडल पवनदीप कार दुर्घटनामा गम्भीर घाइते

काठमाडौं । इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार नोयडाको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ । सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते

एलिना चौहानले दर्ता गरिन काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया

त्रिविको प्रिन्सिपलमा प्रा.डा. अक्कलदेव मिश्र नियुक्त

काठमाडौं, त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा प्राडा अक्कलदेव मिश्र नियुक्त भएका छन् । छनोट समितिले प्रा.डा. मिश्र र सहप्राध्यापक उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो । दुई जनामा मिश्रको अंक धेरै भएकाले त्रिविको कार्यकारी परिषद्ले मेरिटको आधारमा मिश्रलाई नियुक्त गरेको हो । २० गतेदेखि लागू हुनेगरी पत्र बुझेको छु। आइतबार कार्यालय गएर जिम्मेवारी सम्हाल्छु,’ मिश्रले भने ।हालका प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल १९ गते सकिने भएकाले मिश्रले आइतबारदेखि केन्द्रीय क्याम्पसको नेतृत्व

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

छाेराकाे पास्निमा सूर्यज्याेति लाईफकाे बिमा  पाेलिसि उपहार

धनगढी ,  पछिल्लाे समय बिमाकाे जनचेतना बढे संगै अाफ्नाे र परिवारकाे बिमा गराउने बिमितकाे संख्यामा बड्दै गईरहेकाे छ।   गाेदावरि नगरपालिका १ बस्ने राम चाैधरी र रमिता चाैधरी ले अाफ्नाे छाेरा अरबिन  चाैधरीकाे  पास्निकाे शुभअवसरमा सुर्यज्याेति   लाईफ ईन्स्याेरेन्सकाे  पाच लाख बिमाङ्क काे   सूर्ज्याेति नाैलाे बाल जीवन बिमा गराउनु भएकाे हाे । अत्तरिया शाखा प्रमुख नरेश भट्ट ले पास्निमा सरिक भई  बिमालेख हस्तान्तरण गरेका थिए साथै छाेरा काे उज्वल भिबिश्यका लागि बिमा

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् । भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले

टिंकर सडक निर्माणमा व्यास गाउँपालिकाले थाल्यो महाअभियान, देशभरका स्थानीय सरकारसंग आर्थिक योगदान गर्न अनुराेध

दार्चुला,नेपाल सरकारले दार्चुला–टिंकर सडकमा पर्याप्त बजेट विनियोजन नगरेपछि देशभरका स्थानीय सरकारबाट आर्थिक योगदान जुटाउने महाअभियान थालिएको छ । टिंकर सडक निर्माण भइरहेको क्षेत्रको स्थानीय सरकार व्यास गाउँपालिकाले दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सरकारहरुसंग अपिल गरेको छ । गाउँपालिकाले टिंकर सडक निर्माणलाई गति दिन देशभरीका स्थानीय तहसंग आर्थिक सहयोग मागेको हो । जेठ १५ गते संघीय सरकारले ल्याइएको नयाँ बजेटमा महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर

प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिकाे  सभापति एमाले सांसद सूर्यबहादुर थापा