यी हुन् कोरोना खोप लगाउने पहिलो नेपाली
काठमाडौं । रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले कोरोना भाइरस ९कोभिड १९० बिरुद्धको भ्याक्सिन लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो । श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष डा।बद्री केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।










