पछिल्लो २४ घण्टामा १२४६ जनामा देखियो कोरोना, कुन ठाउँमा कति ?


काठमाडौं । अद्यावधिक विवरण अनुसार बिहिबार नेपालमा अहिलेसम्मकै धेरै १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । बुधबार मात्रै देशभर अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ७२ प्रतिशत हो। हाल देशभर संक्रमित १६ हजार २४१ संख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *