पानी भरिएपछि यस्तो देखियो रानीपोखरी


काठमाडौँ । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ ।

पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार भोलि साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका निम्ति करिब ३ करोड लिटर पानी हाल्नुपर्ने अनुमान छ ।

पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर ९ग्रन्थकुट० शैलीमा बनिरहेको छ । मानन्धरका अनुसार मन्दिरको गजुर हाल्ने काम मात्रै बाँकी छ । वर्षाको पानी जम्मा हुन थालेपनि रानीपोखरी भरिन सकेको थिएन । यसमा डिप बोरिङ गरेर भर्न खोजिएपनि सम्पदा अभियान्ताको विरोधले रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *