भारतीय सीमा क्षेत्रका १० वटा स्थानमा चिनियाँ सेनाको कब्जा


 

नयाँदिल्ली । भारत–चीन सीमा क्षेत्रको पूर्वी ल’द्दाखस्थित वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्स ९गश्ती गर्ने क्षेत्र० मा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जा’न नदिएको खबर प्रकाशित भएको छ।

भारतको अंग्रेजी पत्रिका द हिन्दूले प्रकाशित गरेको खबरमा उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय सैनिक जान नसकेको उल्लेख छ।

द हिन्दूले वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गरी भारतीय सैनिकले ग’स्ती गर्न न’पाएको उल्लेख गरेको छ। भारतीय सैनिकले बेस क्याम्पबाट ती पोइन्टसम्म गस्ती गर्ने गर्छन्। सैन्य अधिकारीका अनुसार भारतीय सेनाले गएको अप्रिलदेखि ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७ र १७ ए पेट्रोलिङ्ग प्वाइन्टमा गस्ती गर्न पाएको छैन।

वास्तविक नियन्त्रण रेखा अपरिभाषित रहेकाले कुनै पनि क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्नका लागि पेट्रोलिङ्ग प्वाइन्टमा बस्नु सबैभन्दा उपयुक्त तरिका रहेको ती सैनिक अधिकारीले बताएका छन्।

पछिल्लो केही महिनामा तनाव कम गर्नका लागि भएका वार्ताले बफर जोन बनाएको र त्यसपछि ती प्वाइन्टहरुको चिनियाँ सेनाको कब्जा रहेको ती सैन्य अधिकारीले बताएको द हिन्दूले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *