कोरोना भाइरस अमेरिका: ट्रम्प भन्छन् ‘केही साताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुनेछ’


अमेरिकामा आमरूपमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने समयबारे राष्ट्रपति र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले परस्परविरोधी अभिव्यक्ति दिएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् भने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन्।

कोरोनाभाइरसविरुद्धको खोप शुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले बताए।

तर त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *