स्थानीय तह

कैलालीको लम्कीचुहामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार

धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारलाई अघि सारेको छ। गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको’ प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन्। दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन्। निर्वाचन

माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी खड्का एमालेमा प्रवेश

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी रिता खड्का एमाले प्रवेश गरेकी छन्।    बिहीबार अत्तरियामा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी प्रवेश गराएका हुन्।खड्काले १२ गते माओवादीबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन्। एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन्।साथै गाेदावरी नगरपालिका मा एमाले काे जित निश्चित भएकाे नषर कमिटी अध्यक्ष अानन्द भट्ट ले बताउनु भएकाे छ।

जेठदेखि शनिबार र आइतबार विदा दिने सरकारकाे निर्णय

काठमाडौं : सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनकाअनुसार जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ। दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ। विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ। इन्धनको

बझाङको केदारस्यु गाउपालिकामा भण्डारीले  दिए स्वतन्त्र उम्मेद्बारी

धनगढी ।बझाङको केदारस्यु गाउपालिकामा नेपाली काङ्ग्रेसका प्रभावसाली नेता तथा पुर्व क्षेत्रीय सभापति गणेश बहादुर भण्डारीले गठबन्धन अस्विकार गर्दै स्वतन्त्र उम्मेद्बारी दियकाछन! लामाे समय सम्म काग्रेस मा सकृय भण्डारी ले अाफ्नाे त्याग र निष्ठा लाई गठबन्धनका नाममा नेतृत्वले बेवास्था गरेकाे भन्दै गाउपालिका अध्यक्ष मा स्वतन्त्र उम्मेदवारी दिएकाे जानकारी गराउनु भयाे। उहाँ द्वन्द्व कालमा बिस्थापीत भई  बर्षै देखि काठमाडौंमा  बस्दै अाउनु भएकाे थियाे । उनी काग्रेसका ईमान्दार नेताका रूपमा चिनिन्छन।

दार्चुला एमालेमा भाँडभैलो, प्रदेश कमिटीको निर्णय जिल्लाले नमान्दा लफडा

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा उम्मेदवार चयनको विषयलाई लिएर नेकपा (एमाले) भित्र चरम असन्तुष्टि र विरोध देखिएको छ । पार्टीको प्रदेश कमिटीले सिफारिस गरेका व्यक्तिको नाम काटेर अर्का व्यक्ति उम्मेदवारको रुपमा अघि बढाइएपछि पार्टी भित्रैबाट विरोध भएको हो । नगरपालिकाको मेयरको उम्मेदवारको रुपमा कसलाइ सिफारिस गर्ने भनेर सहमती हुन नसकेपछि जिल्ला कमिटिबाट निर्णय गर्न प्रदेश कमिटीमा पठाइएको थियो । युवा नेता शेर सिंह धामी र २०७४ सालको निर्वाचनमा पराजित अर्का

कञ्चनपुरमा एमाले सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेका सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा बागमति प्रदेश १३७६ नम्बरको सरकारी गाडीले म२प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् । जिपको ठक्करबाट बेदकोट नगरपालिका सुन्दरपुरका राजकुमार राना र करन राना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार घाइतहरुको टाउको र खुट्टामा चोट लागेको छ ।

एमाले टुंगो लगायाे सुदूरपश्चिमका ७७ पालिकामा  उम्मेदवार (सुचि सहित)

धनगढी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ ।धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो ।डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, बैतडीको पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलासैनी गाउँपालिका तथा अछामको रामारोशन र मेल्लेख गाउँपालिका

महाकाली नगरपालिकाका मेयर भट्टद्धारा राजिनामा, पुनः मेयरमा लड्ने

दार्चुला :   महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पदबाट राजिनामा दिएका छन् । उनले आइतवार पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख सुना बोहरा समक्ष राजिनामा बुझाएका हुन् । भट्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा  नेपाली काँग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर भट्टले राजिनामा दिनुभएको हो ।राजिनामा बुझाउँदै उहाँले पुनः महाकाली नगरपालिका प्रमु्खको उम्मेदवार रहेकाले सम्पूर्ण मतदातालाई नगरको विकासको निरन्तरताका लागि

एमालेबाट काठमाडौंका मेयरमा केशव स्थापित, उपमेयर सुनिता डंगोल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यस्तै, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनी पूर्व मिस नेवा हुन्।

धनगढीको मेयरमा एमालेबाट चन्द र उपमेयरमा राना

कैलाली । धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना उम्मेदवार बन्ने भएका छन् ।केन्द्रीय निर्वाचन विभागका सदस्य समेत रहेका चन्दलाई आजको नेकपा एमाले सचिवालय बैठकले चन्द र रानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । करिब तीन वर्षदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय चन्द कैलाली पार्टी सचिव हुँदै उपाध्यक्ष समेत भइसकेका छन् । गत पुसमा भएको जिल्ला अधिवेशनमा रतनबहादुर थापासँग जिल्ला अध्यक्षमा चार मतले पराजित भएका थिए