स्थानीय तह

सुन्तला लिएर जेलमा आफन्त भेट्न गइन् महिला, गार्डले सुन्तलाको बोक्रा चर्केको देखेपछि

सुन्तला र खानपिनका सामान लिएर एक महिला जेलमा आफन्तलाई भेट्न गएकी थिइन् । राजस्थानको अजमेर जेलमा आफन्त भेट्न गएकी ती महिलाको साथबाट ला’गूऔ’षध बरामद भएको छ । आइतबार अजमेर सेन्ट्रल जेलमा न’शालु पदार्थ बरामद भएको भारतीय दैनिक भास्करले लेखेको छ । माया नाम गरेकी ती महिला विचाराधीन मुद्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेशलाई भेट्न गएकी थिइन् । मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन्

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

कमाइ खाने बाटो बन्दै कोरोना  : एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ !

सप्तरी । ‘एउटा लाइफबोय साबुनको मूल्य कति रु’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ । तर यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ । बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ, जसमा स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क,

लम्की–टीकापुर–खक्रौला सडकको काम शुरु

टीकापुर । कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९।७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो । हुलाकी राजमार्गअन्र्तगत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने ९सतह निर्माणको० काम भइरहेको आयोजनाले जनाएको छ । लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९।७ किलोमिटरसम्म

धनगढी १५ मा एकल महिला र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा आज ६० वर्षभन्दा माथिका एकल महिला र ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको छ वडा नम्बर १५ का वडा अध्यक्ष फुलराम चौधरी को अध्यक्षतामा र संघीय सांसद नारदमुनि राना को प्रमुख आथित्यतामा यो कार्यक्रम सञ्चालन भएको हो प्रमुख अतिथी नारदमुनि रानाले १०४ वर्ष का जेष्ठ नागरिक रम्बा राना कम्बल ओढाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।  

घोडाघोडीका किसान ले नत समयमै मल पाए, नत धानको मुल्य नै

सुखड । यो भिड कुनै चलचित्र को सिन नभएर मलका लागी लाइनमा बसेका किसान हरुको हो । कोरना महामारीका बेला समेत किसान ले मल पाएका छैनन् घोडाघोडी नगपालीका ले सानाकिसान सहकारी लाइ मल ढुवानी गरी बिक्री बितरणका लागी अनुमती दिए पनी हाल सम्म वडा नं ५ मा जम्मा एक सय बोरा मात्र मल बडा कायालयमा पुगेको र मल मनपरी ढंगले बितरण गरिएका् स्थानीय हरुको गुनासो छ । बेलैमा मल नपाउला

धनगढी १५ मा जोर विजोर प्रणाली बाट शिक्षण सिकाइ गरिने

धनगढी । धनगढी उप महानगरपालिका १५ नं. वडाको वडा शिक्षा समितिको मिति २०७७।७।१६ गते विहान ८ बजे बसेको बैठकको निर्णयले कोरोना भाइरसका कारण गत २०७६।१२।६ गते देखि हाल सम्म विद्यालयहरु संचालन हुन नसकेको र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७।५।१९ गतेको निर्णय अनुसार विद्यार्थी शिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार बैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्ने गराउने भनिएकोमा यस वडा भित्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि उक्त बैकल्पिक

बिहे भोजमा ‘फुड प्वाइजन’, एकै गाउँका ३४ जना बिरामी

कञ्चनपुरमा बिहेको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन्। बेदकोट नगरपालिका–२ बसन्थलामा बिहेको भोज खाएर ३४ जना बिरामी परेका हुन् । बिहिवार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए। ‘बिहेमा भोज खाएकाहरु शुक्रबार साँझदेखि एकसाथ बिरामी पर्न थाले । त्यस पछि राती नै अस्पताल पु¥याएका छौँ,’ नगर प्रमुख चन्दले भने।

सामाजिक अभियन्ता भट्टद्धारा मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई ६० हजार बढीका न्यानो कपडा वितरण

धनगढीका सामाजिक अभियन्ता मदन भट्टले मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई न्याना कपडा वितरण वितरण गरेका छन् । छोरी खुसी र छोरा शुलभ सहित शुक्रबार आश्रम र फाउण्डेसनमै पुगेर जाडोको समयमा आवश्यक पर्ने ८३ थान कपडा वितरण गरेका हुन् । मानव सेवा आश्रममा ४३ र दृष्टि फाउण्डेसनमा ४० थान न्याना कपडाहरु वितरण गरिएका हुन् । छोराछोरीलाई पनि सामाजिक कामहरुमा अग्रसर गराउनका लागि भट्टले आफ्ना दुबै सन्ततिलाई सँगै लगेको बताए ।