स्थानीय तह

जन्मदिनको उपलक्ष्यमा सूर्या लाइफको बिमा पोलिसी उपहार

दार्चुला ।महाकाली नगर पालिका वाड न ४ बजार मा बस्ने बसन्ती भट्ट ले आफ्नो छोराको १० जन्मदिनको उपलक्ष्यमा रू ७ लाख ५० हजार बिमाङ्क रकम बराबरको बाल साबधिक जीवन बिमा गराउनु भएको छ । उच्च शिक्षाका लागि एक मुस्ट ठुलो पुजि संकलन गर्न नसकिने र सो पुजि संकलनका लागि जिवनबिमा एक उत्तम माध्यम भएको एजेन्सी मेनेजर चन्द्र देब भट्ट जानकारी गराउनु भयो । घर खर्चबाट केही पैसा बचाए र छोराको

जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

काभ्रे र जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गर्नुभयो । सरकारद्वारा

वडाध्यक्षले लगाए गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला

धनकुटा स् धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले ताला लगाएका छन्। अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा वडाध्यक्षहरु वडा नम्बर ४, ५ र ६ का अध्यक्षहरू क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका हुन्। गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाइएको बुझिएको छ। बुधबार सम्पन्न गाउँ कार्यपालिका बैठकले हरेक वडामा २० लाखका

सिंगापुरका मानिसहरु अब कुखुरा नमारिकनै खान सक्नेछन् मासु

एजेन्सी र सिंगापुरका मानिसहरु अब त्यस्तो मासु खान सक्नेछन् जसका लागि जनावर मानुपर्ने छैन । यसलाई ‘क्लिन मिट’ नाम दिइएको छ । सिंगापुरले यसको मञ्जुरी दिएको छ र यो मामिलामा यो पहिलो देश बनेको छ । सिंगापुरको यो निर्णयपछि फ्रान्सिस्कोस्थित ‘इट जस्ट स्टार्टअप’ का लागि बाटो सफा भएको छ । यो कम्पनीले प्रयोगशालामा कुखुराको मासु तयार गरेर बेच्न तयारी गरिरहेको छ । सुरुमा यी मासु नगेट्सको रुपमा पाइनेछ तर कम्पनीले

तनहुँबाट गिरफ्तार गरिएका नेता पौडेल तीन घण्टापछि रिहा

पोखरा ।निषेधाज्ञा तोडेका आरोपमा आज अपराह्न प्रहरी कार्यालयमा राखिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि प्रहरीले छोडेको छ। तनहुँको व्यास नगरपालिका(१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे छोडेको हो। प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो।

देउवाले प्रधानमन्त्रीलाई टेलिफोन गर्नासाथ पक्राउ परेका कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

काठमाडौं । प्रहरीले पक्राउ गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको हो । तनहुँमा भएको तनावका बिचमा प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका वरिष्ठ नेता पौडेल रिहा भएपनि अन्य नेता कार्यकर्तालाई भने

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको पनि मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो ।फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको

सुन्तला लिएर जेलमा आफन्त भेट्न गइन् महिला, गार्डले सुन्तलाको बोक्रा चर्केको देखेपछि

सुन्तला र खानपिनका सामान लिएर एक महिला जेलमा आफन्तलाई भेट्न गएकी थिइन् । राजस्थानको अजमेर जेलमा आफन्त भेट्न गएकी ती महिलाको साथबाट ला’गूऔ’षध बरामद भएको छ । आइतबार अजमेर सेन्ट्रल जेलमा न’शालु पदार्थ बरामद भएको भारतीय दैनिक भास्करले लेखेको छ । माया नाम गरेकी ती महिला विचाराधीन मुद्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेशलाई भेट्न गएकी थिइन् । मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन्

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै