ओलीसँगै देउवा पनि बढारिन सक्छन् स् रामचन्द्र पौडेल


पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले यस्तो बताएका हुन्।

नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले पार्टी भित्रकै साथीहरुले अहिले धेरै बोल्न हुँदैन भनेको बताए। आफूले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनमा जानुपर्छ भनेको बताए।

संविधान जोगाउनका लागि कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उनको भनाइ छ। पार्टीभित्र एकमत हुनका लागि पनि एकताका आधार संविधान र लोकतन्त्र भएको उनले पौडेलले बताए।

लोकतन्त्रको रक्षामा जो जो एक हुन्छ त्यो सँग एक हुने भन्दै वरिष्ठ नेता पौडेलले सभापति देउवालाई लक्षित गर्दै भने, ‘जोभित्र भित्र के के मिलाउने भन्छ नि, सिक्वेन्स मिलाएर, त्यो बेर नहुन सक्छ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर घोषणा गरेको निर्वाचनको अर्थ नहुने उनले बताए। कतिपय कांग्रेसजनले नै निर्वाचनको कुरा गरेको भन्द्र उनले असन्तुष्टि जनाए। अहिले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने र संविधान बचाउने सबैभन्दा ठूलो दायित्व कांग्रेसको भएको उनले बताए।

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई राजनीतिक भुमरीमा फसाएको उनले आरोप लगाए। विपी कोइरालाले ४५ बर्ष अघि दक्षिण एसियामा राजनीतिक भुमरी आएको बताएको भन्दै पौडेलले उक्त भुमरी अहिले नेपालमा आइपुगेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *