स्थानीय तह

राजेश हमालले भने- ‘एकचोटी काठमाडौँको मेयर बन्न मन लाग्याे`

काठमाडौँ । नायक राजेश हमालले काठमाडाैँ महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन् । राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो क्लिप्समा उनले काठमाडौँको विकास हुन नसकेको भन्दै मेयर बन्ने इच्छा व्यक्त गरेका हुन् । बुधबार सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नाम दिइएको भ्लगको ट्रेलरमा हमालले काठमाडौँको सौन्दर्यीकरण हुन नसकेको र यसमा नेताहरुको ढङ्ग नपुगेको टिप्पणी गरेका हुन् । ‘शहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान

२०७९ सालमा ४३ दिन सार्वजनिक बिदाको घोषणा

काठमाण्डौं । नेपाल सरकारले नयाँ वर्ष २०७९ को लागी सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ । गृहमन्त्रालयमार्फत् सार्वजनिक गरिएको बिदाको तालिकामा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ। असोज १६ देखि असोज २१ गतेसम्म बडा दशैंको बिदा घोषणा गरिएको छ । घटस्थापनाको दिन असोज १० गते पनि विगतमा झैं बिदा घोषणा गरिएको छ। साथै अन्य धर्म तथा विभिन्न समुदायले मनाउने पर्वहरुमा समेत सम्बन्धित धर्म मान्ने तथा पर्व मनाउने

धनगढीको बसपार्क मा होटल आशिम रेष्टुरेन्ट एण्ड लज संचालनमा

धनगढी बसपार्क मा अत्याधुनिक सुबिधा सम्पन्न होटल आशिम रेष्टुरेन्ट एण्ड लज संचालनमा आएको छ । होटलको अद्घाटन नेपाली काग्रेश बझाङ का पुर्ब पार्टी सभापती पृथ्बी बहादुर सिह र बुङल नगरपालीका का नगर प्रमुख धन बहादुर बिष्टले सयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । समय सापेक्ष रुपमा गा्रहक हरुको आबश्यक्ता लाइ मध्य नजर गदै होटल संचालनमा ल्याइएको संचालक सन्तोष भण्डारीले जानकारी दिनुभएको छ ।

के हो मालिकार्जुन दार्चुला सेवा समिति ?

भौगोलिक पहिचान बोकेर स्थापना भएका समाजिक संस्थाहरुलाई लिएर पछिल्लो समय विभिन्न बहस हुन थालेका छन्। कोही यसलाई आवश्यकता ठान्छन् भने कोही यसलाई बढी महत्वाकांक्षी। कोही फेरि केही अलग्गै ठान्लान्। यसभन्दा थोरै पर बसेर यी संस्थाहरुका गतिविधिलाई नियाल्ने हो भने केही संस्थाहरूले समाजिक कामलाई बढी विशेष र फरक तरिकाले गरेको पाइन्छ। विशेष र फरक गरिरहेको गरिरहेका मध्येको एक संस्था हो मालिकार्जुन दार्चुला सेवा समिति। जसले पछिल्लो ३ वर्षदेखि हरेक रक्तदान कार्यक्रम

गोदावरीमा वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै

धनगढी – नेपालीहरूको महान पर्व तिहार तथा ‘बहुमुखी कला मन्दिर’ गोदावरी, कैलालीको १४ औँ वार्षिकोत्सवकाे शुभ अवसरमा गोदावरी नगरपालिका वडा- ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा नगरपालिका स्तरीय ‘गोदावरी वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । हरेक वर्ष कला मन्दिरकाे वार्षिकोत्सवका अवसरमा स्थानीय स्तरमा गर्दै आएका विभिन्न कार्यक्रम बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको हो । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय

जनप्रतिनिधि र कर्मचारीको सात दिनको तलब विपद कोषमा जम्मा गरिने

दार्चुला । दार्चुला को दुहुँ गाउँपालिकाले दुहुँ बाढिपीडित पुर्नस्थापनाको लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सात दिन बराबरको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ । दुहुँ गाउँ कार्यपालिका बैठकले भदौ १३गते आएको बाढिपहिरो पीडितको पुर्नस्थापनाको लागि रकम जम्मा गर्ने निर्णय गरेको हो । दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले पालिकामा रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुको सात दिन बराबरको तलब दुहुँ गाउँपालिकाले खोलेको विपद् कोषमा राख्ने निर्णय भएको गाउँपालिका

बीमा समितिले धनगढी उप महानगरपालिकामा गर्यो जनचेतनामुलक कार्यक्रम

काठमाडौं । बीमा समितिले धनगढी उप महा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । धनगढी उप महा नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल ले नेपालको बिमा प्रणली को बारेमा प्रकास पार्नु भएको थियो । उप निर्देशक बिरोध भट्र्ट ले बिमा को दाबिभुक्तानि का बारेमा बिमा गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो ।

बीमा समितिले टिकापुर नगरपालिकामा गर्यो जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम

काठमाडौं । बीमा समितिले टिकापुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको समितिका उप निर्देशक विरोध भट्टले जानकारी दिए । कार्यक्रममा समितिका उप निर्देशक भट्ट सहित सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै नगरपालिका मेयर, उपमेयर, जन प्रतिनिधिहरु, शिक्षक, स्थानीय तहमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालय प्रमुखहरु, किसान, उद्योगी, व्यापारी लगायतको

शैल्यशिखर नगरपालिका :वडा सचिव गौरा हेर्न गए पछि सेवाग्राही अलपत्र

दार्चुला, जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय दिउसो २ बजे नै बन्द गरेर वडा सचिव गौरा हेर्न गएपछि सेवा ग्राही अलपत्र परेका छन् । वडा कार्यालयमा सेवा लिन गएका सेवाग्राहीका अनुसार वडा सचिव राम सिह बोहरा महेन्द्रनगर घर बिदामा गएको र अफीसको चाबी एक जना स्थानिय मार्फत भेटेरीनरी जेटिए गिता भट्ट लाइ दिन पठाएको जानकारीमा आएको छ । यसमा वडासचिवल आफुले बिदा बस्दा सम्बन्धीत कर्मचारीलाइ अफीसको चाबी

एमालेले लियो सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।