स्थानीय तह

बिरामीको मृत्युु पछि पद्मा अस्पतालमा तोडफोड ,सेवा सुचारु, मृतकका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिईयो

धनगढी। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि तोडफोड गरिएको अस्पतालको उपचार सेवा सुचारु गरिएको छकैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो । बोहराको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पताल भवन, एम्बुलेन्ससहित ३ ओटा गाडी, ल्याबका मेशिन, आइसियू मोनेटर तथा उपकरण लगायत अस्पताल भित्र समेत तोडफोड गरेको अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले बताए । शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी

सम्मानजनक अस्तित्व स्थापितका लागि गठबन्धन हुन्छ : सुदूरपश्चिम इन्चार्ज भट्ट

दार्चुला । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरी चुनावमा गठबन्धन हुने बताएका छन्। शनिबार प्रेस सेन्टर नेपालद्धारा दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सुदूरपश्चिममा नेकपा माओवादी एक ढिक्का भएको बताउँदै आगामी निर्वाचनमा नयाँ शिराबाट अगाडि बढ्ने बताए। केन्द्रदेखि वडासम्म गठबन्धनको कुरा चलेकाले निर्वाचनमा गठबन्धनलाई बलियो बनाउने कुरामा माओवादीको एकमत रहेको उनले बताए। साथै उनले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे

बेदकाेट का मेयर चन्दसहित अधिकांस जनप्रतिनिधि समाजवादीमा समाहित हुँदै, नेपालले स्वागत

महेन्द्रनगर । नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित अधिकांस नेता, कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएका छन् । भोलि (आइतवार) बेदकोटमा आयोजित एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । मेयर चन्दसहित बेदकोट नगरपालिकाका अधिकांस (बहुमत) वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ । वडा

शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा छ्यापछ्याप्ती, अडियो नै बाहिरियो !

काठमाडौं । शिक्षक सेवा आयोगको जारी परिक्षामा दलालहरुले प्रश्न पत्र आउट गरेको आशंका वढेको छ। तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पुर्यादिने भन्दै पैसाको दलाली भईरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रश्न पत्र आउट भएको आशंका गरिएको हो । तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पाईने भन्दै कुराकानी भएको अडियो रेकर्डमा डेढ लाख रुपैयाँ तत्काल र डेढ लाख रुपैयाँ पछि दिँदा हुने जनाईएको छ। दुई जनाको सम्वादमा दिपा नामकी महिलाको नाम

अछाममा बलात्कारको झुटा आरोप लगाउने युवतीलाई ३ बर्ष ६ महिना जेल

अछाम:अछाममा बलात्कारको झुठ्ठा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले ३ बर्ष ६ महिना जेल सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालत अछामका न्यायाधिश नविन कुमार जोशीले बलात्कारको झुठ्ठा कमलबजार नगरपालीकाकी १९ बर्षीय युवतीलाई ३ बर्ष ६ महिना जेल सजाय सुनाएको हो । ति किशोरीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० बर्षीय नन्दराम खनालाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन ।किशोरीले आरोपित खनालाई आफ्नै

अधक्ष्य प्रचण्ड ले गरे पूर्वी चितवन १३२ केभी सबस्टेसन को उद्घाटन

काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२-३३-११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२

ऊर्जामन्त्रीबाट १३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन

लाहाचोक (कास्की, १४ चैत २०७८ । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ«े गाउँपालिका–४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गर्नुभएको छ । सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे

टक्सार पिखुवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दीनेश थकालीेले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने

सशस्त्र प्रहरीले  खोस्यो अनुमति बिनै नेपालतर्फ आएको भारतीय स्काभेटरको चाबी

दार्चुला । सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको हो । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो,’ उनले भने, ‘समन्वय बिना नेपालतर्फ स्काभेटर ल्याउन पाइदैन्, नेपालतर्फको बाटो प्रयोगका ल्याइएको भएपनि लिखित रुपमा जानकारी गराएन ।’ भारतले महाकाली

दार्चुलामा चरेशसहित वडासदस्य पक्राउ

दार्चुलामा एक वडा सदस्य लागु औषध चरेशसहित पक्राउ परेका छन् । व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी घर भएका मोहनसिंह विष्ट ६ सय १० ग्राम लागु औषध चरेशसहित सदरमुकाम खलंगाबाट पक्राउ परेका हुन् ।सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेशसहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । प्रहरीले सुराकीको आधारमा पसलबाटै चरेश बरामद गरेको जनाएको छ । विष्टमाथि थप अनुसन्धान भइरहेको