अछाममा बलात्कारको झुटा आरोप लगाउने युवतीलाई ३ बर्ष ६ महिना जेल


अछाम:अछाममा बलात्कारको झुठ्ठा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले ३ बर्ष ६ महिना जेल सजाय सुनाएको छ ।
मंगलबार जिल्ला अदालत अछामका न्यायाधिश नविन कुमार जोशीले बलात्कारको झुठ्ठा कमलबजार नगरपालीकाकी १९ बर्षीय युवतीलाई ३ बर्ष ६ महिना जेल सजाय सुनाएको हो ।

ति किशोरीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० बर्षीय नन्दराम खनालाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन ।किशोरीले आरोपित खनालाई आफ्नै घरमा बोलाएकी र सँगै सुतेका र १ पटक करणी गरेकी अदालतको बकपत्रमा उल्लेख गरिएको छ ।किशोरीले बिवाह गरौ भन्दा युवकले घरमा अशुद्धो भएको पछि बिवाह गर्ने भनेपछी म सँग विवाह गर्दैन होला भनेर आबेगमा आई ति किशोरमाथी बलात्कारको किटानी दिएकी अदालतको बकपत्रमा उल्लेख गरिएको छ ।

पीडित भनीएकी युवतीले रिसले जाहेरी दिएको युवकलाई झुठ्ठा मुद्दामा फँसाउन खोजेको अथ्य फेला परेको फैसलामा उल्लेख गरिएको छ । झुठ्ठा मुद्दामा फसाईएका प्रतिवादी नन्दराम खनालले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा यी प्रतिवादीले अभियोग मागदावीबाट सफाई पाउने र झुठ्ठा जाहेरी दिएर प्रतिवादीलाई झुठ्ठा मुद्दामा फसाउने प्रयत्न गरे वापतमा ति किशोरीलाई मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ४४ को उपदफा (२) को देहाय ( क१) बमोजिम ३ (तीन) वर्ष ६ महिना कैद हुने फैसला सुनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *