स्थानीय तह

धनगढीको संगम सहकारी संस्थाले मेयर कल्याणकारी कोषलाई गर्यो ७५ हजार सहयोग

धनगढी: धनगढी उप महानगरपालिका र चौधरी फाउण्डेसनको साझेदारिमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा धनगढी स्थित संगम सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ । आइतबार संस्थाका अध्यक्ष नरेश बिष्ट र प्रबन्धक मनमोहन बिष्टले संयुक्त रुपमा उप महानगरपालिकाका मेयर नृप बहादूर वडलाई संस्थाका तर्फबाट ७५ हजार को चेक उपलब्ध गरेका हुन् । कोभिड १९ को महामारीले सबैलाई संकट परेका बेला धनगढी उप महानगरपालिकाले अक्सिजन अभावमा

भाउजु हत्याको आरोपमा देवर पक्राउ

विराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो । बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक

कैलालीबाट कोरोना संक्रमित महिलालाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

धनगढी । कैलालीबाट कोरोना संक्रमित एक महिला लाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । जिल्लाको घोडाघोडी अस्पतालमा उपचार सम्भब नभएपछि उनलाई आज थप उपचारका लागि काठमाडौँ लगिएको हो । घोडाघोडी नगरपालिका–१ स्थित सुखडदेखि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

कैलालीमा जेठ ६ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा, थप कडा गर्न डीसीसीएमसी को निर्णय

धनगढी- कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो। सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले सो निर्णय गरेको हो। विश्वव्यापी महामारीको रुपमा

कैलाली र कञ्चनपुरमा वैशाख १६ देखि लकडाउन गर्ने निर्णय !

धनगढी । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो । यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो

गाउँपालिका अध्यक्ष नै फोन गर्न रुख चढ्छन्

हुम्ला / हुम्लाको चंखेली गाउँपालिकामा मोवाइलले काम नगर्दा स्थानीय समस्यामा पर्दै आएका छन्। टेलीफोन गर्न गाउँबाट २ घण्टा टाढा पुग्नुपर्ने बाध्यता छ। नजिकै टावर नहुँदा मोवाइलमा नेटवर्कको समस्या हुने गरेको चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले बताए। ‘घरमा बसेर मोवाइलमा कुरा गर्न सकिँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘मोवाइलबाट कसैसँग कुरा गर्नुपर्यो भने कि दुई घण्टा टाढा पुग्नुपर्छ, कि रुखको टुप्पोमा पुग्नुपर्ने बाध्यता छ।’ ६ वटा वडा रहेको चंखेलीमा टेलिकमको एउटा मात्रै टावर

ब्याँसका ६ सय बढी जनतालाई ग्याँस सिलिण्डर वितरण

दार्चुला । दार्चुला जिल्लाको ब्याँस गाउँपालिकाले हाल सम्म ६ सय १६ घरधुरीलाई खाना पकाउने ग्याँस सिलिण्डर वितरण गरेको छ । गाउँपालिकाको जनप्रीय र सबैले रुचाएको नमुना कार्यक्रम धुवाँमुक्त ब्याँस कार्यक्रमबाट पालिका भित्र बसोबास गर्ने उक्त संख्याका नागरिकलाई खाना पकाउने ग्याँस सिलिण्डर वितरण गरेको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए । गाउँपालिकाले आइतबार पालिकाको वडा नम्बर ४ सुन्सेराको डोब, पथरकोट, खालिगडा, दम्फा, खातीगाउँमा सिलिण्डर वितरण गरेको उनले बताए। एक कार्यक्रमका

नगरपालिकाकै लगानीमा सडक कालोपत्र

चरीकोट, दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो । नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उहाँले बताउनुभयो । भूकम्पपछि नगरपालिको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का

किसानलाई लक्षित गरी बाँदर धपाउने उपकरण वितरण

बागमती, मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पु¥याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिनुभयो

नेपाल शिक्षक संघ धनगढीको तेस्रो नगर प्रतिनिधिसभा सम्पन्न

धनगढी । नेपाल शिक्षक संघ धनगढी उप(महानगरपालिका कार्य समितिको तेस्रो नगर प्रतिनिधिसभा एक समारोहका बिच धनगढीमा सम्पन्न भएको छ। समारोहमा निजीश्रोत शिक्षक पूर्ण ब. थापाले निजी श्रोत शिक्षकहरू सबै सामुदायिक विद्यालयहरूमा कार्यरत छन्। तर अत्यन्त न्यून पारिश्रमिकमा शिक्षण गरिरहेका छन् उहीँ तहमा अध्ययन गर्दा पनि पारिश्रमिकमा विभेद रहेकोले पारिश्रमिकमा विभेदमा गरिनु हुदैन् भने। धनगढी उप(महा नगरपालिकाले ल्याउन लागेको नगर शिक्षक कार्यक्रम शिघ्र कार्यान्वयनको लागि सशक्त पहल गरिदिन नेपाल शिक्षक संघका