ब्याँसका ६ सय बढी जनतालाई ग्याँस सिलिण्डर वितरण


दार्चुला । दार्चुला जिल्लाको ब्याँस गाउँपालिकाले हाल सम्म ६ सय १६ घरधुरीलाई खाना पकाउने ग्याँस सिलिण्डर वितरण गरेको छ । गाउँपालिकाको जनप्रीय र सबैले रुचाएको नमुना कार्यक्रम धुवाँमुक्त ब्याँस कार्यक्रमबाट पालिका भित्र बसोबास गर्ने उक्त संख्याका नागरिकलाई खाना पकाउने ग्याँस सिलिण्डर वितरण गरेको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।

गाउँपालिकाले आइतबार पालिकाको वडा नम्बर ४ सुन्सेराको डोब, पथरकोट, खालिगडा, दम्फा, खातीगाउँमा सिलिण्डर वितरण गरेको उनले बताए। एक कार्यक्रमका बिच उक्त बस्तीका २ सय ३९ घरधुरीलाई सिलिन्डर वितरण गरेको बताइएको छ । प्राकृतिक स्रोतको संरक्षण गर्न तथा गाउँपालिकालाई धुवामुक्त पार्न जनतालाई ग्याँस सिलिण्डर वितरण गरिएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

दाउराको आगोमा खाना पकाउदा फोक्सो र आखामा विभिन्न किसिमका रोगहरुको संक्रमण हुने भएका कारण पनि उक्त कुरालाई मध्यनजर गर्दै सिलिण्डर वितरण गरेको उनले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा धुवाँमुक्त कार्यक्रम अन्तर्गत ४० लाख बजेट बिनियोजन गरेर सिलिन्डर खरिद गरी पहिलो चरणमा ३ सय ७७ घरधुरीलाई वितरण गरेको छ । गाउँपालिकाको धुवामुक्त कार्यक्रम लागु भए संगै स्थानिय हर्षित एवं खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *