शैल्यशिखर नगरपालिका :वडा सचिव गौरा हेर्न गए पछि सेवाग्राही अलपत्र


दार्चुला, जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय दिउसो २ बजे नै बन्द गरेर वडा सचिव गौरा हेर्न गएपछि सेवा ग्राही अलपत्र परेका छन् । वडा कार्यालयमा सेवा लिन गएका सेवाग्राहीका अनुसार वडा सचिव राम सिह बोहरा महेन्द्रनगर घर बिदामा गएको र अफीसको चाबी एक जना स्थानिय मार्फत भेटेरीनरी जेटिए गिता भट्ट लाइ दिन पठाएको जानकारीमा आएको छ । यसमा वडासचिवल आफुले बिदा बस्दा सम्बन्धीत कर्मचारीलाइ अफीसको चाबी बुझाउनु पर्नेमा अरुलाइ नै दिन लगाउनु ले पनी वडा सचिवले मनपरी गरेको देखीन आउछ । कर्मचारी ले कार्यालयमा ताला लगाएर गौरा हेर्न गएको स्विकार गरेकी छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखरका चन्द्रदेव भट्ट दिउसो २ः३० बजे सेवा लिन वडा कार्यालयमा पुगेका भए पनि वडा कार्यालय ताला लगाइएको अवस्थामा रहेको थियो । सेवाग्राही भट्टका अनुसार उनि आफ्नो दिदि गौमती भट्टको जन्मदर्ताको प्रमाण पत्र लिन गएका थिए ।

वडा कार्यालय बन्द रहेको बारे वडा सचिव राम सिंह बोहरालाई बुझ्दा उनि आइतबार देखी घरबिदामा छन् । सचिव बोहराले भेटेरीनरी जेटिए गिता भट्टलाई जिम्मेबारी तोेकेर गएको तथा उनि वडा कार्यालय बन्द गरेर गौरा हेर्न गएको बुझिएको छ । वडा कार्यालय किन बन्द हो भनेर बुझन वडा अध्यक्ष धनीदत्त भट्टलाई फोन गर्दा फोन उठाएका छैनन् । कार्यालय बन्द हुने समय भन्दा पहिले नै बन्द गरिए पछि सेवाग्राही वडा कार्यालयमै अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *