टक्सार पिखुवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल


काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ ।

सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दीनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने रु ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *