समाचार

सवारी दुर्घटनामा मृत्यु

झापा, झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ का ३८ वर्षीय राजेन्द्र देवान छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको को ३८ प ४१९४ नं को स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । दुर्घटनामा सोही

बीमाले ल्याएको परिवर्तन : गाउँभरी फस्टायो व्यबसायिक पशुपालन ?

प्यूठान मर्कावाङका किसान दलबहादुर केसीले तीन वर्षअघि व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरे । त्यतिबेला उनलाई एउटै चिन्ताले सताइरहन्थ्यो कि बाख्रा पालनमा गरेको लगानी कतै डुब्ने पो हो कि । किनभने उनले ऋणपान गरेर बाख्रा व्यवसाय सुरु गरेका थिए । बाख्रालाई केही रोग लागिहाले कसरी उपचार गर्ने भन्ने त्रासमा उनले धेरै दिन पनि गुजारे । तर उनको यस्तो हैरानी त्यतिबेला साम्य भयो, जतिबेला उनले बाख्राहरुको बीमा गराए । आजभोलि उनलाई

ने.क.पा. को बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको

साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मंगलबार साँझ ४ बजेका लागि सरकारले मन्त्रिपरिषद् बैठक आह्वान गरेको छ । । सर्वोच्च अदालतले नेकपा नाममाथिको विवादको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गर्दा पूर्व एमाले र माओवादी केन्द्र ब्यूँतिएपश्चात पहिलोपटक सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको हो।

प्रचण्डमाथि विप्लवको प्रश्न : लडाकु शिविरको १९ अर्ब खोई ?

काठमाडौँ, केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बौं रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन्। उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन्। प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित

कञ्चनपुर, चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताउनुभयो । उहाँका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ । “गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी

२३ वर्षपछि रातो टीका र पछ्यौरी

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाउनुभयो । श्रीमान् बित्दा उहाँको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उहाँलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काउनुभयो, बढाउनुभयो र पढाउनुभयो । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् । श्रीमान्को मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उहाँले २३

पार्टी एकताको प्रयास जारी रहने : नेपाल

काठमाडौं, दाहाल–नेपाल समूहका नेता माधव कुमार नेपालले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग भएपनि आफूहरुबीचको सहकार्य जारी रहने बताएका छन्। पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले अलग भएपनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका हुन्। नेपालले भने,‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भएपनि हाम्रो मन विशाल छ। अनौपचारिक छलफल भइराख्छ। सहकार्य जारी रहन्छ।’ उनले सर्वोच्चको फैसला अनुसार जानै पर्ने भएको बताउँदै पार्टी एकताको

धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय रहने

काठमाडौँ, सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको

सांसद चौधरी ले पाइन पुरस्कार

काठमाडौँ, एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य चन्दा चौधरीलाइ सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सो पुरस्कार भर्चुअलरुपमा ग्रहण गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणमा काम गर्दै आउनुभएकाले उक्त अवार्डबाट सम्मानित गरिएको जनाइएको छ । नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष सांसद