समाचार

अमेरिकालाई चेतावनी दिइन् यि महिलाले

काठमाडौँ, उत्तर कोरियाका शासक किम जोङकी बहिनी किम यो जोङले आफ्नो देशमाथि हमला गरेकोमा नयाँ अमेरिकी प्रशासनलाई चेतावनी दिएकी छन्। मंगलबार उत्तर कोरियाको सरकारी पत्रिकामा वक्तव्य प्रकाशित गर्दै किम यो जोङले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी हुन्। जोङले भनेकी छन्, ‘चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर।’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको भोलिपल्ट उत्तर

नेपाल समूहको भेलाको प्रमुख अतिथिमा ओलीलाई बोलाइयो

काठमाडौँ,  नेकपा (एमाले) को माधव नेपाल समूहले चैत ४ र ५ गते गर्न लागेको कार्यकर्ता भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा बोलाइएको छ। अध्यक्ष ओली समूहले भेलाको विरोध गरेपछि उनलाई प्रमुख अतिथिका रूपमा बोलाइएको हो। प्रधानमन्त्री ओलीले बालुटारमा आज आयोजित चियापान कार्यक्रमबाट भेला रोक्न आग्रह गर्दै भेला गरिए अनुशासनको कारवाही गर्ने चेतावनी दिएका थिए। लगत्तै दिउँसो २ बजे हेरिटेज गार्डेन सानेपामा पत्रकार सम्मेलन गरेर माधव

पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा (एमालेका) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न÷नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उहाँले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गर्नुभयो । “एमाले आबद्ध कोही पनि नेता वा कार्यकर्तालाई भोलिको गुटगत भेला नगराउन÷नगर्न, त्यस्तो भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म

कुन कुन ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

काडमाडौँ, आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ । पहाडी भूभागमा अपराह्न आंशिकदेखि

बलात्कारको झुटो आरोप लगाउने महिलालाई सुर्खेत अदादतले दियो ३ वर्षको कैद सजाय

सुर्खेत । जिल्लामा बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे तीन वर्ष कैद सुनाइएको छ। जिल्ला अदालत सुर्खेतले सोमबार वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने महिलाविरुद्ध न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सजाय सुनाएको हो। ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

किसानलाई लक्षित गरी बाँदर धपाउने उपकरण वितरण

बागमती, मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पु¥याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिनुभयो

यात्रु तानातान गरी जथाभावी भाडा माग्ने, बिचौलिया पक्राउ

भरतपुर, जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् । उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ

ओलीले प्रचण्डलाई तारन्तार फोन, राखे भेट्ने प्रस्ताव

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्न प्रस्ताव राखेका छन्। पार्टीको आन्तरिक बैठक हुँदै गर्दा ओलीले प्रचण्डलाई फोन गरेको प्रचण्डनिकट एक नेताले जानकारी दिए। पार्टीको आन्तरिक बैठक हुँदै गर्दा ओलीले आफूलाई फोन गरेको प्रचण्डले बैठकमा सहभागी नेताहरुलाई जानकारी दिएका थिए। गत २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पहिलेकै अवस्था हुनु पर्ने भन्दै ओली प्रचण्ड

लहानमा बिस्फोट गराएको आरोपमा एक पक्राउ

लहान, कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा आज साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र

राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन्। शीतल निवासमा मंगलबारका लागि सर्वदलीय बैठक बोलाइएको हो। बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ। सर्वदलीय बैठकको एजेण्डा खुलाइएको छैन। स्रोतकाअनुसार राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरेकी हुन्। मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो। सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र