पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार अझै दुई–तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही