प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने, पुग्ला त बहुमत


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ ।

अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ ।

प्रधानमन्त्री ओलीको पद जोगाउने साँचो बोकेको जनता समाजवादी पार्टीले पनि विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान नगर्ने भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ ।

संसदमा नेकपा एमालेको मात्रै १२१ मत रहेको छ भने विश्वासको मतमा बहुमत पुग्नका लागि १ सय ३६ मत मत आवश्यक पर्छ ।

ओलीलाई अन्य दलबाट १५ सांसदको मत आवश्यक पर्छ । जुन अहिलेसम्मको राजनीतिक घटना क्रमले नपुग्ने देखिएको छ ।

यसैबीच, विश्वासको मत लिने उद्देश्यले डाकिएको प्रतिनिधिसभाको विशेष अधिवेशन आज नै अन्त्य हुने भएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सम्पूर्ण प्रक्रिया सकेर आज नै अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो ।

यस्तै, बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि विश्वासको प्रस्तावमाथि मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

समितिका सदस्यहरुले आजनै विश्वासको मतको प्रक्रिया टुङ्गो लगाउने र संक्रमित सांसदलाई मतदान गर्ने व्यवस्था मिलाउन संसद सचिवालयलाई जिम्मा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

बैठकले पीसीआर परीक्षण गर्न छुटेका प्रतिनिधिसभाका सांसदहरुको आज नै एन्टिजेन परीक्षण गरी बैठकमा प्रवेश गराउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

समितिमा आज बस्ने बैठकमा बोल्ने वक्तालाई थोरै समय दिने र वक्ता धेरै नराख्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *