नगरपालिकाकै लगानीमा सडक कालोपत्र
चरीकोट, दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो । नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उहाँले बताउनुभयो । भूकम्पपछि नगरपालिको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का