समाचार

सूर्या लाइफको लोभलाग्दो प्रगति,८२.५४ प्रतिशतले खुद बीमा शुल्कमा उछाल, नाफामा ५५.८८ पतिशतले छलाङ

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा इन्स्योरेन्सले १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यो गत आवको तुलनामा ८२.५४ प्रतिशतले बढी खुद बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै, यस अवधिमा इन्स्योरेन्सको खुद नाफा ५५.८८ पतिशतले बढेर २९ करोड १० लाख ३५

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो।

SEE र कक्षा १२ काे परीक्षा स्थगित

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने, पुग्ला त बहुमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ । प्रधानमन्त्री ओलीको पद जोगाउने साँचो बोकेको जनता समाजवादी पार्टीले पनि विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान नगर्ने भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ । संसदमा नेकपा एमालेको मात्रै १२१ मत रहेको छ भने विश्वासको मतमा बहुमत पुग्नका

प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

काठमाडौं । पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा

संक्रमण घटाउन निषेधाज्ञा थप

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो

विवाहको २७ वर्षपछि बिल गेट्स  दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने निर्णय

विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । उहाँहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिनुभएको हो । “विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख

सेती अस्पतालमा थप ६ कोरोना सङ्क्रमितको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज बिहान साढे २ बजे तथा पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का ६६ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु

जसपा नेतृद्वारा मुद्दा दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराउनु भएको छ । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालिका­१ निवासी नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गराएको जानकारी दिनुभयो । सर्लाहीको विष्णु गाउँपालिका­४ निवासी उपाध्यक्ष