समाचार

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो

काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए। प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि नजिकैको अर्का प्याज पसलले एकाएक डराए । अनुगमन टोलीका एक प्रतिनिधिकाअनुसार सलेज आलु प्याज भण्डारले तत्कालै प्रतिकिलो ६० रुपैयाँमा प्याज बिक्री गर्न थाल्यो । एक पसलमा भएको अनुगमनमा अर्को पसलेले आधी मूल्य घटाएपछि उपभेक्ताहरु हाँस्न थाले ।

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय ९पनिका०का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी

आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]

काठमाडौं । सुनको मूल्य बिहीबार पनि तोलामा १२ सय रुपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ थियो। मंगलबार पनि सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९७

आइपिएल: हैदराबादलाई लाग्यो ठुलो झड्का

आइपिएल : दुबइमा सुरु भएको इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सनराइजर्स हैदराबादलाई ठुलो झ’ड्का लागेको छ । आइपिएलमा सहभागी टिमहरु मध्ये सबैलाई टक्कर दिनसक्ने टिमका रुपमा हेरिएको हैदराबादले अलराउण्डर मिचेल मार्सलाई गुमाउने भएको छ । आइपिएल २०२० को पहिलो खेल खेल्ने क्रममा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा घाइते भएका अलराउण्डर मार्सले यो सिजनको बाँकी खेल गु’माउने भएका हुन्। बैंग्लोरविरुद्ध बलिङ गर्ने क्रममा उनको खुट्टामा समस्या देखिएको थियो। यसअघि २०१७ को आइपिएलमा

यस्तो अवस्थामा पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले बताए । त्यस्तै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । मन्त्रालयका तथ्यांकअनुसार हाल

चर्को व्याज असुलेको भन्दै माइक्रो फाईनाइन्सका कर्मचारी विप्लव समूहको नियन्त्रणमा

अछाम :अछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार नियन्त्रणमा लिएको छ। कमलबजार नगरपालिकामा कोरोना भाइरसका कारण आमजनताको जीवन गुजारा गर्न समेत गाह्रो भइरहेको बेला चर्को व्याज असुल्न थालेको भन्दै माइक्रोफाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ। पार्टीले पटक(पटक विज्ञप्ती र फोन मार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तिय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम ९विप्लव०ले जनाएको छ।

सुदूरपश्चिमका थप एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव

आजको मौसम पूर्वानुमानः आज पनि अति भारी वर्षा

काठमाडौं । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जनाएको छ । अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १र२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा

घट्दै सुनको मूल्य

काठमाडौँ । असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार बिहान नेपाली समयअनुसार १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८८९ डलर पुगेका आधारमा उक्त मूल्य तय भएको हो । नेपालमा सुनको मूल्य भने भारतीय बजारमा

सर्वोच्चले भन्यो– ‘गौतमलाई सांसद मनोनित गर्ने निर्णय ‘यथास्थिति’मा राख्नु’

काठमाडौँ । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ । न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनी आदेश समेत दिएको छ । यो आदेश आगामी १४ गतेसम्म कायम रहनेछ । त्यसपछि अन्तरिम आदेश जारी भएमा उनले सांसदको रुपमा काम गर्न पाउने छैनन् । अन्तरिम आदेश जारी नभए उनले सांसदको हैसियतमा काम गर्न पाउनेछन् ।