कञ्‍चनपुरमा विभिन्‍न पार्टीका दुई सय बढी कार्यकर्ताहरु गरे कांग्रेस प्रवेश


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गृहजिल्ला कञ्चनपुरका विभिन्न पार्टीमा आवद्ध दुई सय बढी कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका छन् ।

उनले शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने महाकाली नगरपालिकामा विभिन्न पार्टीमा आवद्ध दुई सय बढीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

महाकाली नगरपालिका–७ मा आयोजित एक कार्यक्रममा लेखकले दुई सय २० जनालाई कांग्रेसमा प्रवेश गराएको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

कांग्रेस प्रवेश गर्नेमा महाकाली नगरपालिका–७ का मायादेवी पुन, प्रेमबहादुर क्षेत्री, रामबहादुर थापा, सोनम थापा, सपना बडुवाल, रवि थापा, सुक्कु सुनार, वीरबहादुर सुनारसहित दुई सय जना रहेका भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *