समाचार

सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । हुम्लाको नाम्खा गाउँपालिका(६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन्

यो साता केहि राशीका लागी विशेष रहेको छ,यि राशि हुनेहरू भाग्य चम्कने छ

यो साता केहि राशीका लागी विशेष महत्वपुर्ण रहेको छ । महत्वपुर्ण यस अर्थमा रहने छ कि ती राशीका ब्यक्तिलाई यो साता धन लाभ सहित धेरै प्रकारका सफलता प्राप्त हुने योग छ । ज्योतिषहरुका अनुसार यस साता अर्थात आउँदो बुधबारसम्म ४ राशीका लागी सबै समस्या समाधान भई धन लाभको योग बन्नेछ । कुन कुन राशीका ब्यक्तिका लागी महत्वपुर्ण छ त यो साता रु १। वृष राशी.साख सम्मान र सृजनशिलताका लागी यो

बिना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्ने आङरिता शेर्पाको निधन

काठमाडौँ । हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। बिनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएका थिए । पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो। अन्तिम संस्कार भने एकरदुई दिनमा गरिने उनले जानकारी दिए। शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले

छ महिनापछि शुरु भयो आन्तरिक उडान

काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो । सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो । एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आईपीएलः पन्जाबले टस जितेर फिल्डङ् गर्दै, दिल्लीबाट सन्दीप परे, परेनन् ?

काठमाडौँ । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गतको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सा’मना गर्दैछ। खेल साँझ ७स्४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुनेछ।भर्खर समाप्त भएको टस पंजावले जितेर फिल्डिंग रोजेको छ। सन्दिप आजको प्लेइंग ११ मा परेनन् आइपिएलको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय

मन्त्रीहरुको हेरफेरबारे नेकपामा छलफल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ । आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का सदस्यको हेरफेरका विभिन्न विकल्पलगायत विषयमा छलफल भएको थियो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ का अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नीतिगत मापदण्ड तयार

भारतमा एकैदिनमा ९२ हजार ६०५ सङ्क्रमित, कुल सङ्क्रमित सङ्ख्या ५४ लाख भन्दा बढी

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा सङ्क्रमित मध्ये ४३ लाख

यसवर्षको मदन पुरस्कार ‘महारानी’लाई तथा जगदम्बाश्री पुरस्कार शान्ति ठटाललाई दिइने

काठमाडौँ । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य र पूर्णकालीन कार्यकर्तालाई तलब दिने प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी सदस्यहरू र पार्टीका पूर्णकालीन कार्यकर्ता ९होल टाइमर० लाई नियमित रूपमा आर्थिक सहयोग दिने एजेन्डा छलफलका लागि सचिवालयमा प्रस्तुत गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पार्टीले आर्थिक सहयोग दिने एजेन्डा पनि छलफलका लागि पेश गरिएको छ। आइतबार भने मन्त्रिपरिषद पुनर्गठनकै एजेन्डामाथि सचिवालयमा छलफल भएको थियो। सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेजस्ता एजेन्डामाथि

थप १ हजार ३२५ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ। नेपालमा आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७