राजनीति

यो हप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् । मन्त्रिपरिषदले कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।

एकीकृत समाजवादीको पार्टी कार्यालय बानेश्वर आलोक नगरमा, शुक्रबार उद्घाटन

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने भएका हुन् । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे पार्टी कार्यालय उद्घाटन गर्ने जानकारी दिएका छन् । अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ

जनमत पार्टीको केन्द्रीय समितिको बैठक जनकपुरधाममा शुरु

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बुधबारदेखि जनकपुरधाममा शुरु भएको छ । पार्टी अध्यक्ष डा. राउतको अध्यक्षतामा बसेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल भइरहेको पार्टीका उपमहासचिव वसन्त कुशवाहाले जानकारी दिए । उनका अनुसार आउने चुनावलाई लक्षित गरेर रणनीति बनाइने र त्यहीअनुरुप केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ । दुई दिनसम्म चल्ने बैठकमा सचिवालयका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्यहरु, मोर्चाका प्रमुखहरुसहित २ सयभन्दा बढीको सहभागिता

देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले  एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।  विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रचण्ड र कांग्रेस महामन्त्री खड्का बीच छलफल जारी

होमपेज / समाचार / प्रमुख समाचार प्रचण्ड र कांग्रेस महामन्त्री खड्का बीच छलफल जारी  अनलाइनखबर २०७८ भदौ २९ गते १२:४८ मा प्रकाशित प्रतिक्रिया २९ भदौ, काठमाडौं । सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का बीच भेटवार्ता जारी छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेता बीच छलफल चलिरहेको छ । मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल चलिरहेको प्रचणडको सचिवालयले जनाएको

सुदूरपश्चिमा एमालेका दुईमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउनु भएको हो । पदबाट राजीनामा दिनुहुँदै एमाले संसदीय दलका नेतासमेत रहनु भएका शाहले लोकतन्त्र बलियो बनाउनका लागि पार्टी रोज्दै पदबाट राजीनामा दिएको प्रतिक्रिया दिनुभयो । दल विभाजनपछि दुवै जना नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मै रहनु भएको छ । सो पार्टी परित्याग गरेर

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् । कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा

एमालेले लियो सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।  

नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश