कांग्रेसबाट निर्वाचित वडाध्यक्षले अाफुले पाउने सम्पुर्ण सुबिधा काे १५ लाख रकम विद्यालयलाई सहयोग


धनगढी – बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गरेका छन् ।जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले सेवा सुविधा बापदको पाए सरह १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिएका हुन् ।उनले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत वडाध्यक्ष बिष्टले शुक्रबार आयोजित कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम दिएका हुन् । भोपुरलाई प्रदान गरेका हुन ।उनी २०७४ मा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *