राजनीति

बाढी पहिरो प्रभावित क्षेत्र दुहुँको कानुन मन्त्री बडूद्वारा स्थलगत अनुगमन

दार्चुला : कानून, न्याय तथा संसदिय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले बाढी प्रभावित क्षेत्र दुहुँको स्थलगत अवलोकन गर्नुभएको छ । बिहीवार मन्त्री बडूले दुहुँ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका नरोली, बत्थोली, गरमोरा लगायत क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । गत भदौ १३ गते आएको बाढी तथा पहिरोले दुहुँमा ठूलो जनधनको क्षति गरेको थियो । क्षतिकै आधारमा सरकारले गत मंसिर महिनामा दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।

स्वास्थ्यमन्त्रीले गरेका सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए ।

एमाले डोटीको अध्यक्षमा मल्ल

धनगढी । नेकपा एमाले डोटीको आठौं अधिवेशनबाट चक्र मल्ल अध्यक्षमा दोहोरिएका छन् । विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका मल्ल यसअघि २०६९ सालमा भएको एमालेको सातौं जिल्ला अधिवेशनमबाट अध्यक्षमा निर्वाचित भएका थिए । सोमबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै अधिवेशनले उपाध्यक्षमा मन्जु मलासीलाई चयन गरेको छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख समेत रहेकी मलासी महिला आन्दोलनबाट स्थापित नेतृ हुन् । यसअघि सातौं अधिवेशनबाट

एमाले कैलालीको अध्यक्षमा ४ मत अन्तरले थापा विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । उनीहरू दुवै प्यानलसहित चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जोशी सबैभन्दा बढी तीन सय २७ मत ल्याएर विजयी भएका छन् भने चन्द

कांग्रेस महाधिवेशनका लागि ४३१९ प्रतिनिधि छनोट

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् । कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।

कांग्रेसको नुवाकोट सभापतिमा रमेश महत विजयी

काठमाडौं । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापतिमा रमेश महत झिनो मतान्तरले विजयी भएका छन् । उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गरे । महतले ८३३ र केसीले ८२३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । केसी र महत दुबै संस्थापनइतर समूहकै उम्मेदवार हुन् । नवनिर्वाचित सभापति महत कांग्रेस नेता डा। रामशरण महतका भतिजा हुन् भने पराजित केसी अर्जुननरसिंह केसीका भाइ हुन् । महतलाई संस्थापन पक्षको समर्थन थियो ।

कांग्रेस महाधिवेशन : बैतडीबाट २६ प्रतिनिधि निर्वाचित

बैतडी ।  नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीबाट २६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नवनिर्वाचित सभापति चतुरबहादुर चन्दको समूहबाट १६ तथा उहाँका निकटम प्रतिद्वन्द्वी शिवराज भट्टको समूहबाट १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार खुलातर्फ दिनेशप्रसाद भट्ट (६१३), लोकराज अवस्थी (५५३), दिनेशबहादुर चन्द (५४७), नरेन्द्रसिंह थापा (५२१), केशवबहादुर चन्द (६२२), हरिमोहन भण्डारी (५८१), उत्तरबहादुर ऐर (५६३), कर्णसिंह साउँद (५४९), दीपकबहादुर बम (५४४) र

१८ सदस्यीय मन्त्रिपरिषद् गठन :कानून मन्त्री दिलेन्द्रप्रसाद बडू

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको छ। नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री रहेका छन्। त्यसैगरी, डा।

को को परे एकीकृत समाजवादीले बनाएको ११ सदस्यीय केन्द्रीय सचिवालयमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् । यस्तै महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा छन् । स्थायी कमिटी बैठक बस्न नसकेको बेला केन्द्रीय सचिवालयले आवश्यक निर्णय गर्न सक्ने उपमहासचिव

पुर्व मुख्यसचिव लीलामणि पौडेल माओवादी केन्द्रमा प्रबेश

नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल नेकपा माओवादी केन्द्रको विदेश विभाग सदस्य छानिएका छन् । राम कार्की प्रमुख रहेको उक्त विभागमा पौडेललाई मनोनयन गरिएको हो । तर अहिलेसम्म पौडेलले उक्त पद औपचारिक रुपमा स्वीकार गरि सकेका छैनन् । हुन्छ नभनी त्यत्तिको जिम्मेवार पार्टीले त्यत्तिकै नाम राख्यो होला भनेर पत्याउन पनि मिलेन । पौडेल केहि समयदेखि गृहजिल्ला गुल्मीका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनमा व्यस्त छन् । पूर्व राजदूतहरुलाई समेटेर गठन गरिएको विदेश