सुदूरपश्चिम प्रदेश

पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले बताए । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च

‘बस त चले, यात्रु चढेनन्’

महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुभयो । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि यहाँका व्यवसायी निराश नै देखिएका छन् । “बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।” उहाँले भन्नुभयो, “सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न

नेपाली सेनाले बनायो कालापानी जाने बाटो

दार्चुला । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५ सय ५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो । चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो

कोरोनाबाट सैनिक जवानको मृत्यु

बझाङ । कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ ।रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्युु भएको मृतकका आफन्त दिनेश रावलले बताए । उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा

चर्को व्याज असुलेको भन्दै माइक्रो फाईनाइन्सका कर्मचारी विप्लव समूहको नियन्त्रणमा

अछाम :अछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार नियन्त्रणमा लिएको छ। कमलबजार नगरपालिकामा कोरोना भाइरसका कारण आमजनताको जीवन गुजारा गर्न समेत गाह्रो भइरहेको बेला चर्को व्याज असुल्न थालेको भन्दै माइक्रोफाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ। पार्टीले पटक(पटक विज्ञप्ती र फोन मार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तिय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम ९विप्लव०ले जनाएको छ।

सुदूरपश्चिमका थप एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव

नयाँ आलु आउदा ह्वात्तै घट्यो मुल्य, बजार मुल्य कति ?

आलुको ब्यबसायी खेती हुदा उत्पादनमा बृद्धि हुनु र नयाँ आलु बजारमा आएसँगै मुल्य घटेको हो । हुम्लामा आलुको मुल्य सस्तिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर १ अम्मरसिंह भण्डारीले हाल आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँमा बिक्री हुने गरेको बताए। ब्यबसायीक रुपमा आलु खेती गर्दै आउनु भएका भण्डारीले नयाँ आलु बजारमा नआउदासम्म प्रतिकेजी सत्तरी रुपियाँ पर्ने भएपनि नयाँ आएसंगै आधा मुल्य घटेको बताए । आलु खेती घरयासी प्रयोगका लागि गरिने भएको

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका(१० का २९ वर्षीय रघुवीर सिंह धामीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । खेतमा रहेको विद्युतको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। जंगली जनावर मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर उनको मृत्यु भएको हुन सक्ने

सेती अञ्चल अस्पतालमा प्लाज्मा थेरापी गराएकी कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वास प्रश्वासमा समस्या आएपछि भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा महिलामा सुगर र थाइरोइडको समेत समस्या

सुदूरपश्चिमका ९ वटै जिल्लामा टेलिकमको फोर जी सेवा विस्तार

महेन्द्रनगर । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ । यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । “प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन