दार्चुलामा लागु औषध सहित एक जना पक्राउ


दार्चुला । दार्चुलामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का १९ वर्षिय नविन सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । धामीलाई प्रहरीको टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ को बांगाबगड महाकाली करीडोर नजिकबाट लागु औषध सहित पक्राउ गरेको उहाले बताउनुभयो ।
भारतको धारचुलाबाट महाकाली नदि तारेर ल्याउदै गरेको अवस्थामा प्रहरीले धामीको साथबाट पेभोन स्पास प्लस १ सय १२ क्याप्सुल र स्कप कपसिरफ २ सिसि बरामद गरेको बताइएको छ । लागु औषध सहित पक्राउ परेका धामीलाई हिरासतमा राखी अनुसन्धान भइरहेको सुचना अधिकारी चन्दले जानकारी दिनुभयो । उनलाई लागु औषध ऐन २०३३ अनुसार कारबाही हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *