पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साहको गाडी


काठमाडौं । सर्लाहीको हरिवनमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्री सवार गाडी भागेको छ ।
शहरी विकासमन्त्री प्रभु साह सवार ना।१ झ ३८४२ नम्बरको भण्डावाल गाडीको ठक्करबाट लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका छन् ।
लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डीएसपी) मदन कुँवरले बताए ।

कुँवरले भने–‘मन्त्रीज्यू रौतहटबाट महोत्तरी तर्फ जाँदै हुनुहुन्थ्यो, त्यता जाँदै गर्दा दुर्घटना भएछ, घाइतेको स्वाभिमान अस्पतालमा उपचार हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *