आदर्श शिक्षक सहकारी संस्थाको ७ औं साधारण सभा सम्पन्न


धनगढी। नेपाल शिक्षक संघमा आबद्ध कैलाली जिल्लाका शिक्षकहरू द्वारा २०६९ सालमा स्थापित आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ७औं साधरण सभा सम्म्पन्न भएको छ। समारोहका प्रमुख अतिथि नेपाल शिक्षक संघ, संघीय कार्य समिती उपाध्य्क्ष लक्ष्मण दत्त भट्टले साधारण सभाको समुद्घाटन गरे।
साधरण सभामा सचिब पदमराज जोशीले नीति र योजना प्रतिवेदन पेश गरे। त्यस्तै आय व्यय कोषाध्यक्ष लोकराज पाण्डेयले प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका संघिय उपमहासचिव सिताराम अवस्थी, नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष भुपाल सिंह खड्का, नेपाल शिक्षक संघ प्रदेश सनिती सदस्य केशवराज ओझा, नेपाल ट्रेड युनियन काग्रेस प्रदेश समिती महासचिब नवराज ओझा, नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भिम बहादुर बलायर, नेपाली लेखक संघ कैलालीका अध्यक्ष गणेश नेपाली, नेपाल शिक्षक संघ कैलालीका अर्थ सचिव जयप्रकाश मिश्र, लगायतले सहकारीको उन्नयनले समाज्को प्रजातान्त्रिककरण हुने र सामुहिक विकास हुने भएकोले यस सहकारीको विकासका लागि सबैले पहल गर्नुपर्ने बताए।

संस्थाका अध्यक्ष गोपाल ऐरको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब पदमराज जोशी र स्वागत मनतव्य कार्यसमिती सदस्य नवराज ओझाले गरेका थिए।

कार्यक्रममा असल ऋणी शिक्षकहरूलाई प्रशंसा पत्र र माध्यमिक शिक्षा परीक्षा २०७६ मा उत्कृष्ट अंक ल्याउने अंशियारका संतान लाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो।

साधारण सभाले निम्नानुसार नयाँ कार्य समिति समिती निर्विरोध निर्वाचित गरेको छ।
अध्यक्ष -तीर्थराज पाण्डेय
उपाध्यक्ष- वसन्त कुमार महतौं
सचिव- नेत्र ब खडायत
कोषाध्यक्ष- नवराज ओझा
सदस्यहरूस्
– प्रेम प्रसाद भट्ट
-विश्वनाथ देवकोटा
-पूर्ण बहादुर थापा

लेखा समिती
संयोजक- हरिश बहादुर चन्द
सदस्य- लेखराज ओझा
सदस्य- सागर जोशी

निक्षेप पाच लाख पचासी हजार नौंसय बाउन्न
ऋण लगानी बाह्र लाख एकाउन्न हजार छसय बहत्तर
शेयर पूजी ज्ञण् लाख बहत्तर हजार
शेयर होल्डर संख्या तीनसय छ महिला १११पुरुष १९५

Leave a Reply

Your email address will not be published. Required fields are marked *