स्थानीय तह

कमाइ खाने बाटो बन्दै कोरोना  : एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ !

सप्तरी । ‘एउटा लाइफबोय साबुनको मूल्य कति रु’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ । तर यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ । बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ, जसमा स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क,

लम्की–टीकापुर–खक्रौला सडकको काम शुरु

टीकापुर । कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९।७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो । हुलाकी राजमार्गअन्र्तगत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने ९सतह निर्माणको० काम भइरहेको आयोजनाले जनाएको छ । लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९।७ किलोमिटरसम्म

धनगढी १५ मा एकल महिला र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा आज ६० वर्षभन्दा माथिका एकल महिला र ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको छ वडा नम्बर १५ का वडा अध्यक्ष फुलराम चौधरी को अध्यक्षतामा र संघीय सांसद नारदमुनि राना को प्रमुख आथित्यतामा यो कार्यक्रम सञ्चालन भएको हो प्रमुख अतिथी नारदमुनि रानाले १०४ वर्ष का जेष्ठ नागरिक रम्बा राना कम्बल ओढाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।  

घोडाघोडीका किसान ले नत समयमै मल पाए, नत धानको मुल्य नै

सुखड । यो भिड कुनै चलचित्र को सिन नभएर मलका लागी लाइनमा बसेका किसान हरुको हो । कोरना महामारीका बेला समेत किसान ले मल पाएका छैनन् घोडाघोडी नगपालीका ले सानाकिसान सहकारी लाइ मल ढुवानी गरी बिक्री बितरणका लागी अनुमती दिए पनी हाल सम्म वडा नं ५ मा जम्मा एक सय बोरा मात्र मल बडा कायालयमा पुगेको र मल मनपरी ढंगले बितरण गरिएका् स्थानीय हरुको गुनासो छ । बेलैमा मल नपाउला

धनगढी १५ मा जोर विजोर प्रणाली बाट शिक्षण सिकाइ गरिने

धनगढी । धनगढी उप महानगरपालिका १५ नं. वडाको वडा शिक्षा समितिको मिति २०७७।७।१६ गते विहान ८ बजे बसेको बैठकको निर्णयले कोरोना भाइरसका कारण गत २०७६।१२।६ गते देखि हाल सम्म विद्यालयहरु संचालन हुन नसकेको र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७।५।१९ गतेको निर्णय अनुसार विद्यार्थी शिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार बैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्ने गराउने भनिएकोमा यस वडा भित्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि उक्त बैकल्पिक

बिहे भोजमा ‘फुड प्वाइजन’, एकै गाउँका ३४ जना बिरामी

कञ्चनपुरमा बिहेको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन्। बेदकोट नगरपालिका–२ बसन्थलामा बिहेको भोज खाएर ३४ जना बिरामी परेका हुन् । बिहिवार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए। ‘बिहेमा भोज खाएकाहरु शुक्रबार साँझदेखि एकसाथ बिरामी पर्न थाले । त्यस पछि राती नै अस्पताल पु¥याएका छौँ,’ नगर प्रमुख चन्दले भने।

सामाजिक अभियन्ता भट्टद्धारा मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई ६० हजार बढीका न्यानो कपडा वितरण

धनगढीका सामाजिक अभियन्ता मदन भट्टले मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई न्याना कपडा वितरण वितरण गरेका छन् । छोरी खुसी र छोरा शुलभ सहित शुक्रबार आश्रम र फाउण्डेसनमै पुगेर जाडोको समयमा आवश्यक पर्ने ८३ थान कपडा वितरण गरेका हुन् । मानव सेवा आश्रममा ४३ र दृष्टि फाउण्डेसनमा ४० थान न्याना कपडाहरु वितरण गरिएका हुन् । छोराछोरीलाई पनि सामाजिक कामहरुमा अग्रसर गराउनका लागि भट्टले आफ्ना दुबै सन्ततिलाई सँगै लगेको बताए ।

दार्चुलामा समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला  । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द

मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुने (समय तालिक सहित)

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार

कर्णालीमा देखिएको विवाद समाधान गर्ने विषयमा ओली र दाहालबीच फेरी विवाद सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका बीचमा विवाद देखिएको छ । कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष दाहाल मंगलबार बिहान बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली प्रदेशको विवाद केन्द्रबाटै समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, दाहालले प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षका बीचमा विवाद बढेको हो । प्रदेश सरकार