स्थानीय तह

हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग गर्दै राप्रपा सडकमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनीमार्गमा जम्मा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । पार्टीले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म

केहि दिन भित्रै दत्तु–थाप्ला सडक संचालनमा ल्याउछौ नगर प्रमुख भट्ट

दार्चुला । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले अबको केहि दिन भित्रै दत्तु थाप्ला सडक संचालनमा ल्याउने बताउनु भएको छ । शहरी स्वास्थ्य ईकाइ केन्द्र उद्घाटनमा नगरपालिकाको वडा नम्बर ९ थाप्ला पुग्नु भएका नगर प्रमुख भट्टले दत्तु देखी थाप्ला सम्म ट्रयाक खुलेको सडक संचालनमा ल्याई जनतालाई सवारी सुविधा उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको हो । विकास विरोधीहरुले सडक संचालनमा कुनै अबरोध नपु¥याए १५ दिन भित्रमा ट्रयाक खुले सम्म गाडी गुडाउने थाप्लाका

विद्युतीय माध्यमबाट घर नक्सा पास

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको शुरुआत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकारसम्मेलन गरी आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर नक्सा पास सेवा शुरु गर्न लागिएको जानकारी दिएको हो । हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटोछरितो तथा सहज हुने भएकाले यो सेवा शुरु गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । यो सेवाअन्तर्गत भवन निर्माण अनुमति

जन्मदिनको उपलक्ष्यमा सूर्या लाइफको बिमा पोलिसी उपहार

दार्चुला ।महाकाली नगर पालिका वाड न ४ बजार मा बस्ने बसन्ती भट्ट ले आफ्नो छोराको १० जन्मदिनको उपलक्ष्यमा रू ७ लाख ५० हजार बिमाङ्क रकम बराबरको बाल साबधिक जीवन बिमा गराउनु भएको छ । उच्च शिक्षाका लागि एक मुस्ट ठुलो पुजि संकलन गर्न नसकिने र सो पुजि संकलनका लागि जिवनबिमा एक उत्तम माध्यम भएको एजेन्सी मेनेजर चन्द्र देब भट्ट जानकारी गराउनु भयो । घर खर्चबाट केही पैसा बचाए र छोराको

जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

काभ्रे र जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गर्नुभयो । सरकारद्वारा

वडाध्यक्षले लगाए गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला

धनकुटा स् धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले ताला लगाएका छन्। अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा वडाध्यक्षहरु वडा नम्बर ४, ५ र ६ का अध्यक्षहरू क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका हुन्। गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाइएको बुझिएको छ। बुधबार सम्पन्न गाउँ कार्यपालिका बैठकले हरेक वडामा २० लाखका

सिंगापुरका मानिसहरु अब कुखुरा नमारिकनै खान सक्नेछन् मासु

एजेन्सी र सिंगापुरका मानिसहरु अब त्यस्तो मासु खान सक्नेछन् जसका लागि जनावर मानुपर्ने छैन । यसलाई ‘क्लिन मिट’ नाम दिइएको छ । सिंगापुरले यसको मञ्जुरी दिएको छ र यो मामिलामा यो पहिलो देश बनेको छ । सिंगापुरको यो निर्णयपछि फ्रान्सिस्कोस्थित ‘इट जस्ट स्टार्टअप’ का लागि बाटो सफा भएको छ । यो कम्पनीले प्रयोगशालामा कुखुराको मासु तयार गरेर बेच्न तयारी गरिरहेको छ । सुरुमा यी मासु नगेट्सको रुपमा पाइनेछ तर कम्पनीले

तनहुँबाट गिरफ्तार गरिएका नेता पौडेल तीन घण्टापछि रिहा

पोखरा ।निषेधाज्ञा तोडेका आरोपमा आज अपराह्न प्रहरी कार्यालयमा राखिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि प्रहरीले छोडेको छ। तनहुँको व्यास नगरपालिका(१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे छोडेको हो। प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो।

देउवाले प्रधानमन्त्रीलाई टेलिफोन गर्नासाथ पक्राउ परेका कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

काठमाडौं । प्रहरीले पक्राउ गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको हो । तनहुँमा भएको तनावका बिचमा प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका वरिष्ठ नेता पौडेल रिहा भएपनि अन्य नेता कार्यकर्तालाई भने

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको पनि मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो ।फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको