स्थानीय तह

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिए । उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्चालन गर्न थालिएको बताए । कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै

सनराइज बैंकका सीईओ शर्माले दिए राजीनामा

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै

आमा बनेपछिको पाँच फरक अनुभव

आमा बन्नु जीवनकै सबैभन्दा सुन्दर अनुभूती हो । मातृत्वपछि तपाईंको जिन्दगी सधैका लागि पूर्ण रुपमा बद्लिन्छ । यो परिवर्तन पनि आफैमा प्रिय हुन्छ । यद्यपि कतिपय कुराले भने तपाईंलाई असहज पनि बनाउँछ । त्यसो त गर्भावस्थामा छँदै परिवार, आफन्त, इष्टमित्र, साथीभाईले तपाईंलाई आ–आफ्नो अनुभव र बुझाई साझेदार गर्छन् । गर्भावस्थामा के हुन्छ, प्रसूती व्यथा कस्तो हुन्छ, बच्चा जन्माइसकेपछिको अवस्था कस्तो हुन्छ भनेर बेलिबिस्तार लगाइसकेका हुन्छन् । यद्यपि जब तपाईं आमा

सुर्या लाईफ ईन्स्योरेन्स ले गर्यो मृत्यु बिमा दाबि भुक्तानी

सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले खप्तड छेडेगाडा गाउँपालीका ०३ बाजुरा का पावर्ती देवी रावत लाइ रु १,०९,६०० बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखामा हस्तान्तरण गरिएको छ। धनगढी शाखा प्रमुख नरेश भट्टले जिबन बिमाले आफ्नो अभिभाबक गुमाउदा नी केही हद सम्म भएनी आर्थीकरुपमा बालबालीको पढाइलाइ निरन्तर्ता दीन सघाउने र बिमा आफु जिबित रहदा आफ्नो लागी र आफु जिबित नरहदा परिवारका सदश्य हरुलाइ आवश्यक भएकाले सबैले आ आफ्नो आर्थिक अवस्था

सुब्बामा जागिर खुल्यो, खुल्लाबाट ४११ र बढुवाबाट ४३२ जना पदपूर्ति हुने

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा ९नासु० पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु ९अप्राविधिक० पदमा विज्ञापन प्रकाशित गरेको हो । काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ । यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८

आदर्श शिक्षक सहकारी संस्थाको ७ औं साधारण सभा सम्पन्न

धनगढी। नेपाल शिक्षक संघमा आबद्ध कैलाली जिल्लाका शिक्षकहरू द्वारा २०६९ सालमा स्थापित आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ७औं साधरण सभा सम्म्पन्न भएको छ। समारोहका प्रमुख अतिथि नेपाल शिक्षक संघ, संघीय कार्य समिती उपाध्य्क्ष लक्ष्मण दत्त भट्टले साधारण सभाको समुद्घाटन गरे। साधरण सभामा सचिब पदमराज जोशीले नीति र योजना प्रतिवेदन पेश गरे। त्यस्तै आय व्यय कोषाध्यक्ष लोकराज पाण्डेयले प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका संघिय

प्रधानमन्त्री ओलीले धनगढीमा सम्बोधनका क्रममा के-के भन्नुभयो ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा नआउने प्रष्ट पार्नुभएको छ । नेकपा सुदूरपश्चिम स्तरीय वृहत आमसभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । आफू लोकतन्त्र र गणतन्त्रका लागि लामो संघर्ष गरेर आएको व्यक्ति भएकाले त्यस्तो कल्पना पनि नगर्न सबैमा आग्रह गर्नुभयो । सरकारको कदम असंवैधानिक हो भन्नेहरुलाई संविधान पढ्न उहाँले आग्रह

ओलीसँगै देउवा पनि बढारिन सक्छन् स् रामचन्द्र पौडेल

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले यस्तो बताएका हुन्। नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले पार्टी भित्रकै साथीहरुले अहिले धेरै बोल्न हुँदैन भनेको बताए। आफूले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनमा जानुपर्छ भनेको बताए। संविधान जोगाउनका लागि कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उनको भनाइ छ।

कक्षा ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ सम्म लम्बिने भयो

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ गतेसम्मका लागि लम्बिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च स्रोतका अनुसार उक्त रिटमा अब पुस २७ गते सुनुवाइ हुनेछ । यस रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई एकै पटक फैसला दिने तयारी गरेको छ । कक्षा